sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कतारमा किन पक्राउ परे महासंघका अध्यक्ष आचार्य सहित पाँच पत्रकार?

पुस–२९,  कतारमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत ५ जना पत्रकार पक्राउ परेका छन् । पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनका लागि प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई शुक्रबार त्यहाँको सीआइडीले सोधपुछका लागि भन्दै नियंन्त्रणमा लिएको हो ।

आचार्यसँगै नेपालबाट अतिथिका रुपमा गएका प्रेस काउन्सिलका सदस्य एवं महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रमेश विष्ट र कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई पनि सीआइडीले नियंत्रणमा लिएको जापानबाट पत्रकार प्रकाश पन्थीले लेख्नुभएको समाचारमा उल्लेख छ । 

कताारको समय अनुसार दिउँसो १ बजे सुरु भएको अधिवेशन चलिरहेको वखत कार्यक्रमस्थलबाट नै उनीहरुलाई करिव ३ बजेतिर पक्राउ गरिएको हो । उनीहरुको रिहाईका लागि कतारस्थित नेपाली दूतावासले पहल गरिरहेको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post