sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अज्ञात समुहले घर जलाईदिएपछि दलित परिवारको बिचल्ली

खोटाङ माघ–१५, खोटाङको रावाबेंशी गाउँपालिकामा अज्ञात समुहले घर जलाईदिएपछि एक दलित परिवारको बिचल्ली भएको छ ।  उक्त गाउँपालिका–६ हौंचुरका डाकमान बिकको घरमा अज्ञात समुहले घरमा कोही नभएको मौका छोपी आगो लगाई जलाईदिएपछि पीडित पपिरवारको बिचल्ली भएको हो ।

घरमुली बिक रोजगारीको शिलसिलामा सिन्धुपाल्चोक र श्रीमती माईतीमा भएको बेला घरमा शनिबार राती आगो लगाईदिएको हांैचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयोे ।

     बिक दम्पतीको हौचुर गिद्धेमा रहेकोे घर जल्दा करीब ३ लाख बराबरको क्षति भएको छ । घटनाको आशंकमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हौंचुर डाडाँगाउका १४ वर्षिय अनिल खत्री र १५ वर्षिय बिक्रम राईलाई पक्राउ गरिएको रुपाकोट मझुवागढी नगरपालिका जालपा प्रहरी चौकीका असई बावुराम खड्काले बताउनुभयो । हाल उक्त परिवार छिमेकीको सहरामा बसेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post