sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसीको आगलागी पीडितलाई गुम्बाको सहयोग

खोटाङ पुस–२१, खोटाङ हलेसीका आगलागी पीडितलाई बौद्ध धर्मावलम्बीले राहत बितरण गरेको छ । गत
मंगलबार राती भएको आगलागीमा घर सहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बाकातर्फबाट राहत वितरण गरिएको हो । 
बौद्धमार्गीले पाँच पीडितलाई जनही ५ हजारका साथमा ५० केजी चामल बाँडेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 
मगमको घरबाट सुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । यसअघि, बिस्थापित परिवारलाई जिल्ला दैबीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग बाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, हलेसी तुवाचुङ नगरपालिका लगायतले राहत तथा बन्दोबस्तीका सामान प्रदान गरिसकेको छ । 
अग्नी पीडित व्यवसायीको पुःर्नस्थापनाका लागि हलेसी तुवाचुङ नगरपालिकाको अगुवाईमा बुधबारदेखि राहत संकलन सुरु गरिएको छ । आगलागी पिडितको सहयोगार्थ काठ्माण्डौंमा पनि राहत संकmन भइरहेको छ । अग्नी पिडित परिवार शेरगण मुढे व्यारेकका नेपाली सेना र शसस्त्र प्रहरी बल हलेसी गुल्मका शसस्त्र प्रहरीका जवानले बनाइदिएको अस्थायी टहरामा बसिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post