sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको हलेसीमा ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ जारी

खोटाङ माघ–२ , खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर–टुवेल्ब गोल्डकप फुटबल प्रतियोगिता जारी छ ।साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि शुरु ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता जारी रहेको हो ।

 दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगिताको  उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन गर्नु भएको हो । माघ ३ गते समापन हुने प्रतियोगीतामा ९ वर्षदेखि माथि र १२ वर्षमुनिका ८ टिमको सहभागीता रहेको आयोजक साकेला सिली फुटबल क्लवका अध्यक्ष कमल राईले बताउनुभयो । 

गत असोज २० गतेदेखि २६ गतेसम्म होलेसुङ–जनकराज राई मार्ग फुटबल कपको दोश्रो संस्करण सञ्चालन गरेको क्लवले पुःन कलिला बालकलाई लक्ष्यीत गर्दै अण्डर १२ गोल्डकप सुरु गरेको हो । प्रतियोगीतामा प्रथम, दोस्रो, तेश्रो र सान्त्वना हुने टिमलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार र १५ सय रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने क्लवले जनाएको छ । 

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोच गरी ५ विधामा वेस्ट अवार्ड प्रदान गरिने अध्यक्ष राईले बताउनुभयो ।  
वेस्ट अवार्ड विजेतालाई एक÷एक हजार राशीका साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post