sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एमफिल गरेकी चेलीको दुर्घटनामा मृत्यु

खोटाङ, माघ १४– पाँचथर माईती घर भइ हाल काठ्माण्डौंमा रहेकी ३१ वर्षीय प्रणिता राईलाई ससुराको उपचारका लागि चाँडोभन्दा चाँडो बिराटनगर ओर्लनु थियो । जहाजबाट बिराटनगर हुँदै ईलाम पुग्ने र इलामबजारमा रहेका ससुराको उपचारको व्यवस्था गर्ने तयारीका साथ उनी शुक्रबार बिहान काठ्माण्डौंको त्रिभुवन अन्र्तराष्ट्रिय बिमास्थल पुगिन् । तर, मौसम धुम्मिएका कारण काठ्माण्डौंबाट बिराटनगर उडान हुन सकेन । अर्को फ्लाइट कुर्दा ससुराको उपचारमा ढिलाइ हुने भएकाले प्रणिता रातारात गाउँ पुग्नका लागि टाटा सुमो चढिन् । काठ्माण्डौं–बिराटनगर उडान रद्ध भएपछि उनी सहितका यात्रु मिलेर बा ९ च ३३१४ नम्बरको टाटासुमो सिजर्भ गरेर झापातर्फ हिँडेका हुन् । 

शनिबार उज्यालो हुन लाग्दा धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको पोर्ताहामा पुगेपछि टाटासुमो दुर्घटना हुँदा ससुराको उपचारका लागि घर हिँडेकी प्रणिता सहित ६ यात्रुले घट्नास्थलमै ज्यान गुमाएका छन् । 

आफन्तका अनुशार मकाउ रहेका प्रणिताको श्रीमान घट्नापछि आईतबार स्वदेश फर्कँदै छन् । उनका एक मात्र छोरा कक्षा १२ मा पढ्छन् । एमफिल गरेका प्रणिता काठ्माण्डौंमा यूनाइटेड स्कुलमा अध्यापन गर्दै आएकी आफन्तको भनाई छ । ‘ससुराको उपचारका लागि दिदि (प्रणिता) ईलाम जान बिमानस्थल पुग्नु भएको थियो, फ्लाइट क्यान्सिल भएपछि सुमोबाट हिँड्नु भयो,’ बहिनी सुप्रिया बान्तवाले भनिन्, ‘उपचारमा ढिलाइ हुन्छ भनेर उहाँ राती नै हिँड्न भएको हो ।’ उनको मृत्युले राई परिवार शोकमा डुबेको छ । 

दुर्घटनामा बहिनीको बिवाहको सामग्री लिएर झापा फर्कँदै गरेका खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा घर भइ हाल दमक बस्दै आएका २७ वर्षीय ज्ञानबहादुर चौहानले पनि ज्यान गुमाएका छन् । आगामी माघ २२ गतेका दिन हुने बहिनीको बिवाहका लागि आवश्यक सामान खरिद लगायतका कामका लागि चौहान काठ्माण्डौं पुगेको आफन्त एबं शिक्षक शंकरमान खत्रीले बताए । 

दुर्घटनामा संखुवासभाका २९ वर्षीय नवराज जिमी, विराटनगरका ३५ वर्षीया शारदा रेग्मी दाहाल, मोरङका ३३ वर्षीय प्रल्हाद न्यौपाने र मोरङ लेटाङका ४० वर्षीय खेमकुमार रानामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । (पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईको सहयोगमा)

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post