sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्रदेश एकको अस्थायी राजधानी विराटनगर तोकियो, प्रदेश प्रमुख गोविन्द सुब्बा

काठमाडौं ३ माघ
सरकारले प्रदेश एकको अस्थायी राजधानी विराटनगर तोकेको छ । आज मध्याह्न बसेको मन्त्रीपरिषद बैठकले प्रदेश एकको राजधानी विराटनगर तोकेको हो ।
प्रदेश एकको प्रदेश प्रमुखमा भने सरकारले गोविन्द सुब्बालाई नियुक्त गरेको छ ।

सातै प्रदेशको अस्थायी राजधानी, प्रमुख 
सरकारले सात वटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र आज तोकेको हो। लामो समयको अनिश्चयलाई तोड्दै बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रमुख र अस्थायी केन्द्र तोकेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकेको छ ।
यसैगरी, प्रदेश प्रमुखहरु प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा तोकिएका छन् । प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ तोकिएका छन्।

प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला प्रमुखमा तोकिएकी छन्।

साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन्।

प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post