sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङका राजेशले सार्वजनिक गरे ‘राई समुदाय र सञ्चार’ विषयक पुस्तक

राजेश चाम्लिङ
काठमाडौ, पुस । मिडिया आफैंमा समाजका विविध क्षेत्रबीच सम्वाद स्थापना गर्ने माध्यम हो । यस अर्थमा मिडियाकर्मीहरुलाई सामाजिक संवाद स्थापना गर्ने संवाददाता पनि भन्न सकिन्छ । विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल खोटाङको नेर्पामा जन्मिएर काठमाडौंमा बसी पत्रकारिता गर्दै आएका पत्रकार राजेश चाम्लिङ राईले यस्तै प्रयास स्वरुप पुस्तक सार्वजानिक गरेका छन् । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चाम्लिङ गोरखापत्र दैनिकका सहसम्पादक हुन् । पत्रकारिताका विद्यार्थी राईले त्रिभुवन विश्व विद्यालय अन्तर्गत आम सञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहको पढाई पूरा गर्ने क्रममा गरेको शोधपत्रलाई नै अहिले पुस्ताकाकारमा ल्याएका हुन् ।

केही दिन अगाडी सार्वजानिक भएको उनको पुस्तक किराती राई समुदायको परम्परागत सञ्चार माध्यमले पूर्वी पहाडी जिल्लाहरुमा सघन बसोबास रहेका राई समुदायले आफ्नो जीवन यापनको क्रममा अपनाई आएका विविध सञ्चार माध्यमहरुबारे प्रकाश पारेका छन् । 

पुस्तकमा मुख्यत किराती राई समुदायले परापूर्व कालदेखि जीवन व्यवहारमा उपयोग गरिआएका सञ्चारसँग सम्बन्धित विविध क्रियाकलाप र उनीहरुको मुन्दुममा उल्लिखित सञ्चारसँग सम्बन्धित विषयलाई खोतल्ने प्रयास गरेको छ । 'यो नेपालभित्रका विविधतालाई उजागर गर्ने प्रयास पनि हो', नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र प्रेस सेन्टरको सचिवसमेत रहेका राईले भने, 'हामीले नेपाल विविधतायुक्त देश हो त भन्यौँ, तर त्यो विविधता के के हो? धेरै कुरा बाहिर आएको छैन । सञ्चारको क्षेत्रमा किराती राईहरुले अभ्यास गरिआएको विषयलाई आम मानिसहरुबीच ल्याएर त्यस्तो विविधता के कस्तो छ त? भन्ने उजार गर्न खोजिएको पनि हो ।'

मिडियाकर्मी तथा मिडिया अधिकारकर्मीको रुपमासमेत क्रियाशील राईले देशका सबै समुदायले अभ्यास गर्ने जीवन शैली, सँस्कृति र व्यवहारको बारेमा खोज अनुसन्धान भएर पुस्तक आउनुपर्ने बताए । आफ्नो पुस्तक यसका लागि एउटा सानो प्रयत्न भएको उल्लेख गर्दै उनले नेपालको सम्पत्तिको रुपमा रहेको यस्ता ज्ञानका कुराहरुका लागि सबैले ध्यान दिनुपर्छ । 'हामीले हाम्रो नजिकका ज्ञान लिएर विश्व विजय गर्न सक्छौँ' तर त्यसो भइरहेको छैन, राईले भने, 'उदाहरणको लागि कागज, प्रिन्टिडं र छापाखानाको पहिलो शुरुवातकर्ता चिनियाँहरु भएको इतिहास छ । तर उनीहरुको ज्ञान यही तल हिमालय काट्न नसकेपछि नेपालीहरुले यूरोप, अमेरिका घुमेर भारत हुँदै आएपछि मात्र जानकारी पाईयो । यहाँको ज्ञान विभिन्न समुदायले अभ्यास गरिआएको ज्ञान पनि त्यस्तै भइरहेको छ । मेरो पुस्तक यी सबै कुराको उत्तर त होइन तर यसले थोरै बाटो देखाउँछ ।'

जनजाति उत्थान राष्टिय प्रतिष्ठानको सहयोगमा प्रकाशित ८० पृष्ठको पुस्तक सार्वजानिक कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै लेखक युग पाठकले पनि यस्तो पुस्तक थप अध्ययनका लागि सन्दर्भ समाग्री हुने विश्वास व्यक्त गरेका थिए । 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रकाशित पुस्तक नेपाली पत्रकारिताको लागि महत्वपूर्ण योगदान भएको टिप्पणी गरेका थिए । यसले नेपालको सञ्चार इतिहासमा नयाँ आयाम थपेको विश्लेषण गर्दै उहाँले यस्तो मौलिक कृति पत्रकारिताको सम्पती भएको बताउनुभयो । महासंघका उपाध्यक्ष विपुल पोख्रेलले पुस्तक विविधतायुक्त नेपाली समाजलाई जोड्ने महत्वपूर्ण कडि भएको उल्लेख गर्दैयसले समाजलाई एकाकार बनाउन मद्दत गर्ने बताए । 

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुडंलगायतले समाजमा रहेका विभिन्न प्रकारका ज्ञानलाई सम्मान गर्दै अघि बढ्न प्रकाशित कृति एक महत्वपूर्ण सामाग्री हुने विश्वास व्यक्त गरेका थिए । 

किरात राई पत्रकार संघका सँस्थापक अध्यक्ष गणेश राईले केहि तत्थ्यगत  त्रुटीहरुका बाबजुद पुस्तक किराती राईहरुको परम्परागत सञ्चार माध्यमको अध्ययानका लागि महत्वपूर्ण पाठ्यसामाग्री  बनेको टिप्पणी गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post