sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » 'जनादेश गुमाएको सरकारले कांग्रेस र देउवाको असली चरित्र देखायो' - टंक राई, राज्य अपराधको आरोप

काठमाडौं १६ माघ ।
खोटाङबासी नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक राईले सरकारको नेतृत्वको रुपमा रहेर अहिले गरेको कामबाट नेपाली कांग्रेस र स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाको असली चरित्र जनता सामु देखाएको बताएका छन् । नेता राईले सरकारले गम्भीर राज्य अपराध अर्थात देशद्रोही कदम चालिरहेको आरोप समेत लगाएका छन् ।

नेता राईले जनादेश गुमाएको कामचलाउ सरकारले राज्यलाई दीर्घकालीन प्रभाव पार्ने र आर्थिक रुपमा राज्यलाई असफल बनाउने घोषणाहरु लगातार गरिरहेको पनि उल्लेख गरेका छन् । 

‘जनादेश गुमाएको कामचलाउ सरकारले राज्यलाई दीर्घकालीन प्रभाव पार्ने र आर्थिक रुपमा राज्यलाई असफल बनाउने जुन घोषणाहरु लगातार गरिरहेको छ, त्यसले विधिको शासन, लोकतान्त्रिक पद्दति र परम्पराको उपहास मात्रै गरेको छैन यो गम्भिर राज्य अपराध अर्थात देशद्रोही कदम पनि हो ।’ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘यसले नेपाली कांग्रेश र स्वयम् प्रधानमंत्री शेरबहादुर देउवाको असली चरित्र जनताको सामु प्रष्ट पारेको छ ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post