sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा डिएसपी हुँदा बोक्सी मुद्धामा विवादित एसपी माझीलाई निलम्बनको पत्र मन्त्रालयमा

काठमाडौं २३ माघ ।

खोटाङ जिल्ला प्रहरी प्रमुख हुँदा बोक्सी सम्बन्धी मुद्धालाई सामान्य अपराध शिर्षकमा चलाएपछि विवादित बनेका तत्कालिन डिएसपी (हाल एसपी) विद्यानन्द माझीलाई निलम्बन गर्न गृह मन्त्रालय पत्र पठाइएको छ ।

विद्यानन्द माझी
बलात्कार घटनालाई मिलापत्र गराएको आरोपमा हाल सुनसरीमा कार्यरत एसपी माझी र इन्सपेक्टर चिरञ्जिवी दाहाललाई निलम्बन प्रक्रिया अघि बढेको हो । प्रहरी प्रधान कार्यालयले सुनसरीका एसपी बिद्यानन्द माझि र इन्सपेक्टर चिरञ्जिवी दाहाललाई निलम्बनका लागि मंगलबार गृह मन्त्रालयमा पत्राचार गरेको नेपाल लाइभ डटकमले उल्लेख गरेको छ ।

गत पुस १६ गते इटहरीमा भएको एक बलात्कार घटनामा इप्रका इटहरीले जाहेरी नलिई मिलापत्र गराएको थियो। इप्रकामा इन्पेक्सर दाहालले एसपी माझिसँग आदेशमा मिलापत्र गराएका थिए । त्यसवापत लाखौं रकमको चलखेल भएको छानबिनमा खुलेपछि अनुसन्धान थालिएको थियो।

छानबिनका क्रममा एसपी र इन्सपेक्टरले गम्भीर मुद्दामा नियतबश मिलापत्र गरेको खुलेपछि निलम्बन गर्न सिफारीस गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानले बताए ।

माझी खोटाङमा हुँदा बाँझे च्यानडाँडाकी एक ७२ वर्षिया वृद्धामाथि बोक्सी आरोपमा कुटपिटपछिको जाहेरीलाई बोक्सी सम्बन्धी कसुरमा मुद्धा चलाउनुपर्नेमा सामान्य अपराध शिर्षकमा चलाइएको थियो ।

माझीले जाहेरी नै किर्ते गरी आर्थिक प्रलोभनमा परेर मुद्धा कमजोर बनाएको पीडित पक्षले आरोप लगाएका थिए । मुद्धा कमजोर बनाएपछि पीडित पक्ष मानव अधिकारी आयोगमा पुगेपछि डिएसपी माझीको बढुवा समेत केही समय रोकिएको थियो ।


र यो पनि...



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post