sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङका दुई बिद्यालयका लागि क्यालिफोर्नियाबाट आठ कम्यूटर

खोटाङ फागुन–७, खोटाङका दुई बिद्यालयका लागि क्यालीफोर्नियामा होटल व्यवसाय सञ्चालन गर्दै आएका अभिभाबकबाट ३ लाख ३० हजार बराबरको कम्यूटर प्राप्त भएको छ । पृथ्बी माबि बाक्सिला र जालपा आधारभुत विद्यालय पिपलडाँडा बाक्सिलाका लागि केसीलासगढी गाउँपालिका–४ बाक्सिला घर भइ हाल क्यालिफोर्नियामा रेष्टुरेन्ट व्यवसाय गर्दैआएका लक्ष्मण अधिकारीबाट कम्प्युटर प्राप्त भएको हो ।    
 आफ्नो जन्मथलोमा सञ्चालित बिद्यालयको शैक्षिक प्रगतिका लागि अधिकारीले पृथ्बी माबिलाई २ लाख ५० हजारको ६ थान कम्यूटर डेस्कटप र जालपा आधारभुत विद्यालयलाई ८० हजारको दुई थान कम्प्यूटर डेस्कटप प्रदान गरेका हुन् । २० वर्षदेखि क्यलिफोर्निया बस्दै आएका अधिकारीले उपलव्ध गराएको कम्प्यूटर डेस्कटप नेपाल प्रहरीका एआइजी मिङमार लामाले विद्यालयलाई हस्तान्तरण गरेको स्थानीय टेकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
कानून व्यवसायी समेत रहेका अधिकारीले बाक्सिलाका ५ विपन्न परिवारलाई कम्बल समेत वितरण गरेको छ । अधिकारीले क्यालिफोर्नियामा सञ्चालन गरिरहेको थर्डआई रेष्टुरेन्टले गत वर्ष रेष्टुरेन्ट अफ दि इयरको पुरस्कार जितेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post