sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » हलेसीका आगलागी पीडितलाई साँढे १३ लाख राहत

खोटाङ फागुन–६,  खोटाङस्थित हलेसीको  आगलागी पीडितलाई १३ लाख बढि राहत प्रदान गरिएको छ । गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका अग्नि पीडितका लागि देश बिदेशमा संकलन भएको १३ लाख ३५ हजार १ सय ८५ रुपैयाँ राहत प्रदान गरिएको हो । 

काठ्माण्डौंमा दिनेश राईको संयोजकत्वमा बनेको अग्नि पिडित राहत संकलन समितिले संकलन गरेको ४ लाख ३५ हजार १ सय ८५, खोटाङ समाज हङकङको पहलमा संकलन भएको ५ लाख ५० हजार, खोटाङ सेवा समाज दक्षिण कोरियाको पहलमा संकलन भएको २ लाख १४ हजार ५ सय ६५, एमाले खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चको पहलमा संकलन भएको ७५ हजार, माओबादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समितिको पहलमा संकलन भएको ३३ हजार १ सय ५५ र अन्तरपार्टी महिला सञ्जाल खोटाङले उपलव्ध गराएको रकम शनिबार अग्नी पीडितलाई क्षतीको मात्राका आधारमा प्रदान गरिएको हो । 


आगलागीमा पूर्ण क्षती भएका मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राई, मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई प्रतिपरिवार २ लाख ५ हजारका दरले राहत प्रदान गरिएको छ । यस्तै, आंशिक क्षती भएका प्रकाशचन्द्र गिरीलाई ११ हजार, सरनसरी राईलाई ८ हजार, गोबिन राईलाई ८ हजार, सरनकुमार राईलाई ६ हजार, महानन्द राईलाई ६ हजार, रेगिन्द्र राईलाई ६ हजार, कृष्ण राईलाई ६ हजार, कम्पराज राईलाई ४ हजार र चण्डेश्वर चौधरीलाई ४ हजार प्रदान गरिएको हो । 

संकलित रकममध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पिडित धितुङका मित्रमान राईलाई २ लाख ५ हजार तथा हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेकी सिता नेपालीलाई ४८ हजार २ सय ८४ रुपैयाँ प्रदान गरिएको अग्नि पिडित राहत संकलन समितिका संयोजक दिनेश राईले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post