sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सुत्केरी ढुंगा कृषि सहकारीको कारोबार झण्डै ३ करोड

खोटाङ फागुन–७, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारी झण्डै ३ करोडको आर्थिक कारोबार गरेको छ । २०६९ साल भदौ ३१ गते स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७३÷०७४ सम्ममा २ करोड ९२ लाख २३ हजार बराबरको आर्थिक कारोबार गरेको हो ।

 शनिबार सम्पन्न पाँचौं बार्षिक साधारणसभामा सहकारीका अध्यक्ष किशोरकुमार श्रेष्ठले यस वर्ष ५  लाख ७६ हजार २६ रुपैयाँ मुनाफा आर्जन भएको जानकारी दिनुभयो । ६९ कृषि समुह तथा ४ सय ७९ सदस्य संख्या पुगेको सहकारीको शेयर पुँजी ९ लाख ९५ हजार ५ सय रहेको जानकारी दिइएको छ । सहकारीले कार्यक्रमकैबीच मुनाफा मध्येको ३५ प्रतिशत रकम शेयर धनीलाई एक शेयर बराबर १५ रुपैयाँका दरले लाभांश स्वरुप बितरण गरेको छ । 

आफ्ना शेयर सदस्यलाई बिनाधितो ८० हजार ऋण प्रबाह गर्दै आएको सहकारीले आफ्नै भवन निर्माण गरिरहेको जनाएको छ । सहकारीले १५ प्रतिशतका दरले लघु कर्जा, ९ प्रतिशतका दरले मासु तथा दुग्धजन्य कर्जा र १२ प्रतिशतका दरले सोलार कर्जा प्रबाह गर्दै आएको छ । 

कृषि बिकास कार्यालय र पशुसेवा कार्यालयको सहयोगमा सहकारीले पशुजन्य व्यवसाय, कृषि, अन्य व्यवसाय सञ्चालन गर्ने किसानलाई प्राथमिकतामा राखेर ऋण प्रबाह गर्दै आएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post