sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » हलेसीको अग्निपीडितलाई किरातिम्मा गायन समुहको ९ लाख सहयोग

खोटाङ फागुन–११, नेपालका चर्चित गायिकाहरुको समुह ‘राई किरातिम्मा गायन समुह’ले खोटाङ हलेसीका आगलागी पीडितलाई ९ लाख ३० रुपैयाँ राहत प्रदान गरेको छ । गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका लागि समुहले सांगीतिक कार्यक्रम गरी संकलन गरेको उक्त रकम पीडितहरुलाई बिहिबार प्रदान गरिएको हो ।
 किरात राई समुदायका ११ जना चर्चिथ गायिकाहरुको समुहले पीडित व्यवसायी मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राईलाई जनही १ लाख ७५ हजार ५ रुपैयाँ र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई १ लाख ५ रुपैयाँ राहत प्रदान गरेको हो । संकलित रकमध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पीडित मित्रमान राईलाई पनि १ लाख ५ रुपैयाँ प्रदान गरिएको महादेबस्थानका वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो ।
समुहमा गायिका पार्बती राई, सत्यकला राई, सरला राई, कला राई, बेनुका राई, राधा राई, मेनुका राई, ममता राई, निलम रोजु राई, जानुका राई र तायाहाङमा राई रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post