sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पशुपालनतर्फ उत्साहित बनाउन किसानलाई तालिम

खोटाङ फागुन–७, खोटाङका किसानलाई व्यवसायीक पशु पालनतर्फ उत्साहित बनाउनका लागि तालिम प्रदान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका किसानलाई जिल्लास्थित हलेसी बिकास मञ्चको प्र्राबिधिक सहयोगमा पशुपालन व्यवस्थापन सम्वन्धी दुई दिने तालिम प्रदान गरिएको हो । 

गरिबी निवारण कोषको आर्थिक सहयोगमा सम्पन्न तालिममा हरिसिद्धि सामुदायिक संस्थाका अध्यक्ष दिपा आलेमगरको अध्यक्षता रहेको थियो । गरिबी निवारण कोषका कार्यक्रम संयोजक बिमलकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा सहभागी किसानलाई प्रशिक्षक दिपक राईले सहजिकरण गर्नुभएको थियो ।

यसैबीच, बडहरेका अग्नी पीडितलाई राहत प्रदान गरिएको छ । गत मंसिर ३ गते भएको आगलागीमा बिस्थापित बनेका बडहरेकी सीता नेपालीलाई स्थानीय अजम्बरी सामुदायिक संस्थाले ५ हजार ६ सय ९५ रुपैयाँ राहत प्रदान गरेको हो । 

अग्नी पीडित परिवारको सहज आवासका लागि राहत संकलन गरेर प्रदान गरिएको अजम्बरी सामुदायिक संस्थाले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post