sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » केपीलासगढी गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषद

खोटाङको केपीलासगढी गाउँपालिकामा आदिबासी जनजाती समन्वय परिषदको तदर्थ समिति गठन गरिएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समिति खोटाङको पहलमा छत्रकुमार राईको अध्यक्षतामा ९ सदस्यीय आदिबासी जनजाती महासंघ केपीलासगढी गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । 
समन्वय परिषदको उपाध्यक्षमा कान्ती गुरुङ, सचिवमा रोशन श्रेष्ठ, सह–सचिवमा दानकुमारी सुनुवार र कोषाध्यक्षमा मुना तामाङ चयन भएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनजातजातील संगठनका प्रतिनिधिलाई समेटेर आदिबासी जनजाती महासंघ केपीलासगढी गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । 
नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समितिका अध्यक्ष हात्तीराम राई, उपाध्यक्ष कृष्ण गुरुङ, सदस्य रबिन सुनुवार लगायतको उपस्थिथितिमा शनिबार आदिबासी जनजाती महासंघ केपीलासगढी गाउँपालिका समन्वय परिषदको तदर्थ समिति गठन गरिएको हो । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post