sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङ हलेसी खुल्ला अन्र्तराष्ट्रिय कराते प्रतियोगिताको दोश्रो श्रृंखला बैशाखमा

खोटाङ फागुन–२, खोटाङमा गत बर्ष पहिलो पटक भब्य ढंगबाट सफल बनेको खोटाङ हलेसी खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगिताले यो बर्ष पनि निरन्तरता पाउने भएको छ ।  नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख २०, २१ र २२ गते करिब ५० लाख रुपैंयाँ आर्थिक लागतमा ६८ पदकको लागि दोश्रो खोटाङ हलेसी खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगिता गर्ने टुंगो गरिएको हो ।  

सदरमुकाम दिक्तेलबजारमा आयोजना गरिने प्रतियोगितामा नेपालको सात प्रदेशको सातै टिमसहित भारत, श्रीलंका, भुटान, बंगलादेशका साथै नेपालका बिभागिय टिमहरु गरी १५ टिमले सहभागिता बन्नेछन् ।  बिभागीय टिममा गत बर्ष झैं नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले सहभागिता जनाउने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

१७ स्वर्ण, १७ कास्य ३४ पदकका लागि हुने प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला÷पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष र महिलाले जनही २०÷२० हजार रुपैंयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई ब्यवस्थित र सफल बनाउनको लागि मुल आयोजक समारोह समिति समिति तथा उप समितिहरु गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गराउने मूल समितिको संयोजकमा जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङलाई चयन गरिएको छ ।  

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, जिल्लाका राजनीतिक दल लगायत सबै निकायले कार्यक्रम सफल बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post