sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » घरबार बिहिनहरुको सहर ‘लिभरपुल’ !


                                                                                    
  फोटो सौजन्य 'इको
                                                                                       -भिम राई
                                             रुमनपा१४ बुइपाखोटाङ
जेमी कर्नर पुर्व ब्रिटिश सैनिक हुन् | उनि ‘रोयल लोजिस्टिक रेजिमेन्ट’ मा काम गर्दथे | इराकमा आफु संगै यात्रा गरिरहेका साथीको शरीर बमले धुजा धुजा बनाई दिए पछी उनि पनि बेहोस भए | केहि महिना हस्पिटलमा बसे | सात बर्षको सैनिक सेवा पश्चात सन् २००९ मा ‘मेडिकल डिस्चार्ज’ भएर आफ्नो प्यारो जन्मभुमि लिभरपुल फर्किए |

उनले ब्रेक रोडमा सानो आइटीको ब्यापार खोले | व्यापारको न्युन ज्ञानले उनि असफल भए | ‘मोर्गेज’ को घर बैकले लिलाम गरे | जसको परिणाम स्वरुप छोरो र श्रीमतीले उनलाई सधैको लागि छाडे | उनि बाध्य भएर आफ्नो दिदिको घर आइनफिल्डमा सरे | ‘मेन्टल डिसअर्डर’ को समस्यले उनले कतै काम पाउन सकेनन् | अनि बेरोजगार भाई लाई दिदीले धेरै लामो समय सम्म पनि राख्न सकिनन् | अब उनलाई भिखारी जीवन यापन गर्न बाहेक अन्य कुनै अर्को उपाए फुरेन |

उनि भौतारिदै बाटोमा निस्कीए | सन् २०१० देखि अहिले सम्म उनि घरबार बिहिन भएर आफ्नो जीवनलाई लिभरपुलको गल्लीहरुमा खियाउदै छन् | त्यसैले हरेक बिहान सुर्यको कलिलो किरण संगै सेन्ट जोन मार्केट देखि म्याथु स्ट्रीट सम्म उनि सदैब झुल्की रहेका हुन्छन् | आफ्नो बिशाल छातीमा इराक लडाईको बहादुरी तक्माको सट्टा कार्डबोर्डमा ‘म पुर्व सैनिक हुँ |’ कृपया २० पेनी दिनु होला भन्दै बसी रहेका आज सम्म पनि उनलाई सजिलै देख्न सकिन्छ |

उनी त केवल एउटा अभिनयको पात्र मात्र हुन् | उनि जस्तै विभिन्न कथाका पात्रहरु बेलायतको गल्लि भरि यत्रतत्र छरिएका सहजै पाउन सकिन्छन् | सन् २०१० देखि कन्जरभेटिभ पार्टीको सरकार आउँदा लगभग १,७७० घरबार बिहिनहरु थिए | गत वर्ष २०१७ सम्ममा यो संख्या ह्वातै बढेर ४,७५० पुगेको छन् | तर अधिकारिक तथ्यांक पुस्टि हुन बाकी नै छ |

यता लिभरपुलको हकमा भने यो अलिक फरक छ | काउन्सिलको आधिकारिक तथ्यांकले १५ जना देखाउछ | करिब १५ जना त बोल्ड स्ट्रिट बाट सिधै लोर्ड स्ट्रिट सम्म पुग्दा धुजा धुजा परेको स्लिपिंग ब्यागबाट निस्केको भुवा संग डुबुल्की मारी रहेका होमलेसहरु छयास छ्यास्ती देख्न सकिन्छन् | जे होस, काउन्सिलले पनि क्षमता अनुसार सक्दो प्रयत्न गरेको कुरो नगर पिता लर्ड मेयर जो एण्डरसन बताउछन | बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म लङ्गसडेल स्ट्रीटमा ‘ह्वाइट चापल’ मा उनीहरुलाई बस्ने बन्दोबस्त मिलाईएका छ, उनि भन्छन |

ह्वाइट चापल पुग्दा त्यहाको कर्मचारी ग्यारी इंगलिस संग मेरो भेट भयो | उनि तिन पटक सगरमाथा आधार शिबिर र दुई पटक अन्नपुर्ण सरकट गरेका रहेछन् | ठमेलका भट्टी पशलका नामहरु उनलाई मुखाखर थिए | उनि नेपाल प्रति असाध्यै माया गर्ने एक जना ‘स्काउच’ लिभरपुरेयिन रहेछन् | उनले सन् १९७५ देखि सुरु गरिएको च्यारिटिको बिषयमा मलाई नाली बेली बताए |

ग्यारिको सहकर्मी लिसाले आजभोली ब्रेकफास्ट बन्द भएको बताईन | त्यै पनि दिउसो लन्च एक घण्टा रोटि र भटमास (बिन्स) अनि बेलुकी डिनर एक घण्टा ज्याकेट पोटाटोको बन्दोबस्त रहेको उनले भनिन् | तर त्यहा सुत्ने सुबिधा छैन रहेछ | धेरै जसो होमलेसहरु कुर्सीमा र कोही भुइँ भरि बसेर आउने वाला जिन्दगीको बिषयमा घोत्लिएर सोची रहेका देखिन्थे |

बेलुकीको खाना पछी उनीहरु ८ बजे देखि बिहानको ८ बजे सम्म क्यामडेन स्ट्रीटमा अबस्थित ‘लाब्रे हाउस’ मा सुत्न जाने रहेछन | जुन कुरो काउन्सिलको कर्मचारी रिचार्ड जोन्सले मलाई बताए | उनि  संग मैले उनिहरु सुत्ने कोठा र त्यहाँ ओछ्याइएका म्याटहरुको नजर मारे | तर सुरक्षाको दृष्टिकोणले हरेक रात ६० जना भन्दा बढी सुत्न पाउदैनन रहेछ, उनले भने | आगामी महिना मार्चको पहिलो हप्ता बाट अरु ४० जना सुत्न मिल्ने गरि माथिलो तला निर्माणाधीन अबस्थामा छन् भन्ने उनले बताए |   

लाब्रे हाउसबाट एक जना अंग्रेज स्टेभेन संग हामी ‘जोब सेन्टर’ तिर लाग्यौ | उनले बाटोमा उनका जिन्दगीको धेरै वियोगान्त कहानीहरु सुनाए | पेसाले उनि पुर्व चोर रहेछन | उनलाई भोक लाग्यो भने नजिकै दोकान बाट सान्डबीच (बट्टी) चोर्ने बानि रहेछ | जसको परिणामले उनि पटक पटक जेल परेका रहेछन | अहिले पनि उनलाई जेलका ढोका ‘रिभलबिङ्ग डोर’ जस्तै लाग्ने रहेछ | एक पट्टी बाट पस्यो अनि अर्को पट्टी बाट निस्कियो |

केहि समय पछी हामी ‘जोब सेन्टर’ पुग्यौ | त्यहा पुग्ने बित्तिकै किथ हाइम संग हाम्रो भेट भयो | सेताम्मे केस पाकेका किथ २५ वर्ष त्यहा काम गरि सकेका धेरै अनुभबी रहेछन | उनले देख्ने बितिक्कै स्टेभेनको ठेगाना मागी हाले | बिचरा उनीसंग केहि परिचयपत्र थिएनन् | जब सम्म उनको ठेगाना, नेसनल ईन्सुरेन्स नम्बर, जन्म दर्ता प्रमाणपत्र, राहदानी वा गाडी चलाउने लाइसेन्स केहि छैन भने तब सम्म केहि सहयोग गर्न नसकिने कुरो उनले बताए | त्यस पछी उनि त्यहा बाट निस्के अनि एलियट स्ट्रीट तिर बिस्तारै बिलिन भए |

सेन्टरमा ‘युनिभर्सल क्रेडिट’ को अर्को डिपार्टमेन्ट रहेछ | त्यहाको कर्मचारी जेनी संग मेरो हल्का कुरो भए | उनले आजभोली सबै सुचनाहरु अनलाइन मार्फत भर्नु पर्छ भन्ने मलाई जानकारी गराइन | तर बाटोमा सुत्ने मानिसहरुलाई यो कति व्याबहारिक छ भन्ने कुरो उनीलाई पनि हेक्का हुनु पर्ने हो ? तै पनि मैले केहि भन्न सकिन |

त्यस पछी म ‘सिटिजन एडभाइस ब्युरो’ तर्फ लागे | न्युनतम नागरिक सल्लाहा लिनको लागि | त्यहाको कर्मचारी किम्बरली संग भेट भयो | उनले प्रत्यक सोमबार तर पुर्व भेट गर्ने बन्दोबस्त मिलाइएको सङ्ग मात्रै सल्लाह दिने कुरो बताइन |

बिस्तारै काउन्सिलको वान स्टप सप तिर लागे | म त्यहा पुग्दा एउटी अधबैसे महिला रुँदै कार्यालय भित्र छिरिन | उनलाई, मैले नजिक बाट राम्ररि नियाले | उनले पस्ने बित्तिकै रिसेप्सनमा फुड बैंकको भौचर मागिन | यदि त्यो सम्भब नभए पाँच पाउण्ड पैसा दिनुहोस भन्न पनि बेर मानिनन् | उनि यहा आउनु अगाबै फूड बैंक पुगी सकेकी रहिछे | फुड बैंकले काउन्सिलको भौचर बिना खाना दिन बन्द गरेका जानकारी गराए छन् |  

वान स्टपको म्यानेजर सम्मि ज्याक्सनले आजभोली भौचर बाड्न बन्द गरेको बताईन | त्यी महिलाले न भौचर न पैसा केहि पाइनन् | खाली हात फर्कदै गर्दा अब बाकी रहेको उनको आँशु झार्दै सप बाट वाहिर निस्किन | उनि केहि टाढा पुग्दा सम्म मैले हेरी रहे | ‘अब मेरो जिउने आधार सकिएछ’ भन्दै बर्बराउदै गईन |

विधिको बिडम्बना ! यो मानब जीवनले बनाएको कस्तो अचम्मको नियमहरु छन् | मैले मेरो कदमहरु बिस्तारै अगाडी बढाए | मलाई कता कता मानबिय जिन्दगिको यो अफ्ठ्यारा नियमहरु प्रति नमिठो लाग्यो | इतिहासमा धेरै लामो समय सम्म बिश्वको एक नम्बर अर्थतन्त्रको मुलुक बेलायत | र आजपनि बिश्वको छैटौ धनि रास्ट्र | ‘के बेलायत फिरंगिहरुको देश मात्र हो ?’ मलाई लिभरपुलको यो हालत देखेर केहि सोचनीय बनायो |

त्यसपछि मलाई लिभरपुल हाउजिंग तर्फ जाने उर्जा पलायो | रिसेप्सनमा घरबार बिहिन केभिन संग भेट भयो | उनि एक महिना यता ‘होमलेस’ भएका रहेछन | उनलाई लाब्रे हाउसमा ६० जना संगको होलसेल सुताईले जिन्दगि जाला जस्तो लागेन रे | कतै एक बेड रूम काउन्सिलको फ्लाट मिल्ला कि भनेर मुहार देखाउन आएका रहेछन | रिसेप्सनिस्टले हाउजिंग बेनिफिटको लागी भर्ने एक ठेली फाराम दिएछन् | मुस्किलले सहि मात्रै गर्नु जान्दछु, भन्दै थिए | यति धेरै कागज कसरि भर्नु ? यो फाराम भर्नु र चन्द्रमा जानु उनलाई एक्कै हुन् रे |  

उनि संगै केहि बोल्दै कार्यालय बाट बाहिर निस्कियौ | सेन्ट जोन मार्केटको सौचालय प्रयोग गर्न उनले रहर प्रकट गरे | सौचालयको मुख्य द्वारमा क्लिनर सामुयल हडसनले बिरालोले मुसालाई झम्टे झैँ गरेर उनलाई रोके | सामले तत्कालै रेडियो बाट मार्केटको सुरक्षा अधिकृत झिकाए | सुरक्षा अधिकृत आई पुगे | उनले होमलेसले मार्केटको सौचालय प्रयोग गर्न पाउदैनन् भने |

मलाई सुरक्षा अधिकृतको यो भनाई प्रति अशाध्यै नरमाइलो लाग्यो | “किन पाउदैन ?” मैले बुझ्न खोजे | उनले घरबार बिहिनहरु लामो समय सम्म नुहाएका हुन्नन् | त्यसैले उनीहरुले सौचालय प्रयोग गरेमा दुर्गन्धित हुने र अन्य मानिसहरुलाई असुविधा हुने उनले बताए | एक्काइसौ शताब्दीमा मानब जिबन प्रति गरिएको तपाईको यो ब्यबहारले मलाई लज्जित तुल्यायो, मैले भने | यसो सोचे लन्डन, बर्मिंगघाम र म्यानचेस्टर पछाडिको चार लाख पचास हजार जनसंख्या भएको सबैभन्दा चौथो ठुलो सहर हो यो | यो सहरमा बस्ने मानिसहरुको हबिगत कहिले सुध्रने होला?

त्यति मात्रै होइन | अझै यहा अचम्मको अर्को पाटो पनि छ | सहर मर्सी नदीको किनारमा अबस्थित छ | र किनारको सबैभन्दा नजिक जेसी हार्टलीले सन् १८४६ मा निर्माण गरेको ‘अल्बर्ट डक’ रहेको छ | जुन यस सहरको प्रमुख पर्यटकीय स्थल हो | जहा बिटल्सको म्याथु स्ट्रीट घुमे पछी लिभरपुल घुम्न आउने हरेक पर्यटकहरु त्यहा पुग्ने गर्दछन | तर खेदको कुरो भिखारीहरूले यस स्थानमा पाइला टेक्न सम्म पाउने छैनन् | यदि उनीहरु यहा देखा परेमा पर्यटकहरुको मनमा माग्नेहरुको सहर लिभरपुल भनेर नराम्रो छाप बस्नेछ भन्ठानेर होला ? तर त्यहाको इस्टेट मेनेजर पुर्व सैनिक जोन मर्फिका अनुसार यो ब्यग्तिगत सम्पति (प्राइभेट प्रोपर्टि) भएकोले उनीहरुलाई बन्देज गरिएको हो भन्छन |

माथि भनीए झैँ लिभरपुलमा होमलेसहरु जताततै भेटिन्छन | तर धेरै जसो ओल्ड हल रोड नजिक बस्ने गर्दछन | किनभने त्यो रोडको आस पासमा बेलायति अध्यागमन, राहदानीको मुख्य कार्यालय, स्थानीय पत्रिका इको, मुख्य सोलिसिटर्स कार्यालयहरु जस्तै हिल डिकिन्सन, डी डब्लु एफ र एम एस बि रहेका छन् | जहा बाट उनीहरुले धेरै पैसा जम्मा गर्ने आशा गर्दछन |

म त्यहा पुगे | दुई जना होमलेसहरुले तम्बु (टेन्ट) टागेका रहेछन | प्रहरीले तिनलाई भत्काउन लगाउदै थिए | हिजो डी डब्लु एफ पछाडी सुत्दा प्राइभेट प्रोपर्टी भनियो | र सेक्युरिटी बाट लखेटियौ | आज यहा काउन्सिलको प्रोपर्टी भनिन्छ | अनि प्रहरी बाट लखेटिन्छ | भगवान ! अनि हामी कहाँ जाने ? यदि तपाईको हिम्मत छ भने लगेर मर्सी नदीमा जिउदै बहाई दिनुहोस् भन्दै थिए |

अझै उनले थपे | बाटोको छेउमा सुत्दा आफ्नो गलामा चुरोट मारेको सहेको छौ | मन जले पनी जिऊ जलेर खरानी बनेनौ | अझै मताहा हाती झैँ बनेका लिभरपुल फुटबल फ्यानले आफ्नो कानमा पिसाब फेर्दा सम्म प्रतिरक्षा गर्न सकेको छैनौ | हामी केवल बाध्य छौ, बिबश छौ | केवल उभिदा चाहिने एक हात र सुत्दा चाहिने चार हात जमिन मात्रै मागी रहेको छौ, महाशय |

मलाई यो दृश्य र वियोगान्त भनाईहरु प्रति अजिब लाग्यो | अब उप्रान्त उनको बेदना सुन्न सहज लागेन | म धेरै दुखित भए | तर जति असह्य भएपनी परिस्थिति संग सामना गर्ने म संग क्षमता थिएन |

पछाडी फर्के | मध्यान्हको मधुरो घामले नजिकै रहेको वेस्ट टावर संग लुकामारी खेल्दै थिए | टावरको टुप्पोमा रहेको ‘पानारोमिक ३४’ रेस्टुरेन्ट बाट लिभरपुलको पानारोमिक भ्यु राम्रो देख्न सकिन्छ | जुन ३४ तलामा अबस्थित छ | फाइन डाइनिंग टेबल नगिचै किम कार्दिसान जस्तो देखिने बेयराहरुको त्यहा खुब चर्तिकला हुन्छन | अर्ध बक्षस्थल हेर्दै बार्षिक आधा मिलियन तलब हसुर्ने ‘हिल डिकिन्सन’ को सोलिसिटरहरुले कोबे बिफको ‘फिलेट’ काट्दै गरेको दृश्य पनि त्यहा देखिन्छ | अफसोच ठिक ३४ तला मुनि जमिनमा बिगत दुई दिन देखि भोक र प्यासले बेसाहारा भएको नागरिक लाई किमार्थ उनीहरुको हृदयले देख्दैनन् | धन्य छ, एकाइसौ शताब्दीको पुजिबाद लाई |  

आज बिहान लन्डन रोड जादै थिए | रातिको तापक्रम जिरो डिग्री भन्दा मुनि झरेछ | दुई चार जना घरबार बिहिनहरू लन्डन रोडमा जम्मा भएका सानो हुल देखे | कोहि रुदै पनि थिए | के भए छ भनेर मनमा कौतुहल जाग्यो | सायद हिजो कसैले राम्रो पैसा दिए होला र बिहान सम्म बिचराहरु माते होलान भन्ठाने | तर दुर्भाग्य ! एकजना होमलेसले रातीको जाडोमा सायद ‘हाईपोथार्मिया’ ले मृत्यु भएछ | उनि लम्पसार परेर बाटोको छेउमा लडिरहेको थिए | र उनका वरिपरी अन्य बसेर मधुर स्वरमा रोइ रहेका देखिन्थे |

धेरै बटुवाहरुले सदाझै मानेर वास्ता गरेका थिएनन | मैले एक जना संग खुसुक्क उनको नाम सोधे | केहि समय अगाडी म संग ‘जोब सेन्टर’ गएको बिचरा स्टेभेन रहेछन | बेलायति घरबार बिहिनहरुको सरदर आयु ४२ वर्ष भएता पनि उनि ४० मा नै उनि हिडे | मलाई धेरै दुख लग्यो | एक्कासी आइरिस सागर बाट नरमाइलो आंधी बेहरी आयो | बिहानीको मेघ गर्जनले खाली आकाश दुई भागमा चिरिएको जस्तो अनुभूति भयो | यथार्त मानब जीवनको महत्वको बिषयमा घोत्लिएर एक क्षण सोची रहे |

उनी संगै २० पेनी माग्ने सह यात्री म्यारिले रुदै उनको मुखमा अन्तिम पटक एउटा २० पेनी राखी दिइन | र अलिकति साइडर बियर उनको मुखमा खन्याई दिइन | म्यारी बर्बराइन, ‘प्रिय अब उप्रान्त तिमीले बाटोमा पैसा माग्नु पर्ने बाध्यता छैन |’ तिमी जेसस क्राइस्टको काखमा गई सक्यौ | स्वर्ग अशाध्यै राम्रो छ भन्ने सुनेको छु | हामी पछी उतै भेटने भन्दै बिदा गर्दै थिईन | एकाध मनस्थिति लिएर म यो मन नपरेको दृश्य नजिक बाट नियाली रहेको थिए |

केहि क्षणमा एउटि बटुवा महिला नजिकै झुल्कीइन् | उनले अतालिदै ‘प्यारामेडिक’ लाई फोन गरि दिइन | एम्बुलेन्स आइन्जेल सम्म उनका साथीहरु ९ जना भेला भै सकेका थिए | झसङ्ग मलाई मनमा एउटा कुरोको याद आयो | लन्डनमा कार्ल मार्क्सको मृत्यु हुँदा हाइ गेट सम्म जाने मलामी ९ जना भएका थिए | आज स्टेभेनको मृत्युमा सोहि संख्या दोहरियो |  

त्यसरि देखेको यो घटनाले मेरो मन विक्षिप्त भयो |

बिश्वको छैटौ धनि रास्ट्र बेलायत | एक जमानामा बेलायतको जमिनमा सूर्य कहिले अस्ताएनन | तर आज घरबार बिहिन (होमलेस) जनता भोक र जाडोले कठ्याग्रिएर लिभरपुलको बाटोमा अन्तिम सास फेरेको आफ्नै आँखाले देखे |

अब यो बास्तबिक कथा म संग नदोहोरियोस भनेर मेरो एउटा खुट्टा लिभरपुलको जमिन र अर्को आकाश तिर उचालि रहेकोछु | अनि नया कर्म थलो तिर सर्ने साइत कुरेर बसी रहेकोछु |||||||
                                  (हाल लिभरपुलमा रहनुभएको राई पुर्ब बेलायनी सेना हुनुहुन्छ ।)






यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post