sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा एकै दिन तीन जना मृत फेला

खोटाङ फागुन–१४, खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीया तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देबीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन् । 

उक्त तिनै जना फरक–फरक स्थानमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

तिर्थकुमारी घरबाट २५ मिटर दक्षिणमा रहेको बडहरेको रुखमा, देबीबहादुर घर नजिकैको जंगलमा चिलाउनेको रुखमा र रीना घरकै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जनाईएको छ ।

 तिर्थकुमारीको शव पोष्टमार्टमका लागि जिल्ला जिल्ला अस्पताल दिक्तेल, देबीबहादुर र रिनाको शव पोष्टर्माटमका लागि उदयपुरको घाईघाट पठाइएको प्रहरीले जनाएको छ । तीन वटै घट्नाको बिषयमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनुभयो ।

 केही समयअघि पनि एकै दिन तीन जना मृत फेला परेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post