sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा परिवार नियोजनको साधन प्रयोग गर्ने न्युन

खोटाङ –२९, जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा सुनौला परिवार नेपाल (मेरी स्टोप्स)ले खोटाङमा परिवार नियोजन सम्बन्धी कार्यक्रम सुरु गरेको छ ।  जिल्लामा परिवार नियोजनका साधनको उपयोग गर्ने दर अत्यन्तै न्यून देखिएपछि परिवार नियोजन कार्यक्रम सुरु गरिएको हो । 

परिवार नियोजनका साधन कण्डम, पिल्स, डिपो, आइयूसिडी, इम्प्लान्ट, भ्यासेक्टोमी, मिनिल्यापदेखि प्राकृतिक उपायका विषयमा सर्वसाधारणलाई जानकारी दिएर परिवार नियोजनका साधनको प्रयोग बढाउनका लागि कार्यक्रम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । 

परिवार नियोजन कार्यक्रमका लागि जिल्लामा ४ जना महिलालाई पप–पप भोलेन्टियर र ४ जना महिलालाई एमएस लेडिजका रुपमा नियुक्त गरेर परिचालन गरिएको सुनौला परिवार नेपालले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post