sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » दिक्तेलबजारमै खुल्यो जिमखाना

माघ–२३, खोटाङमा पहिलो पटक जिम (शारीरिक सुगठन) सेन्टर स्थापना गरिएको छ । चार युवाले २० लाखको लगानीमा दिक्तेलको संगमपार्कमा जिम सेन्टर स्थापना गरेका हुन् । 

भिषण राई, भीम राई, आशिष उदास र सन्तोष जोशीले स्थापना गरेको दिक्तेल फिटनेस सेन्टर सोमबार समाजसेबी सनमान खड्काले रिबन उदघाटन गरेका हुन् । जिल्लाका युवालाई जिम सेन्टरमा व्यस्त बनाएर बिकृति र कुलतमा लाग्नबाट बचाउनका लागि जिम सेन्टर स्थापना गरिएको भिषण राईले बताए ।

जिम सेन्टर दैनिक बिहान ५ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म खुल्ने जानकारी दिइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post