sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चिसापानी–बंशिलाघाट सडक उदघाटन

खोटाङ, फागुन १६– खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजार र बराहपोखरी गाउँपालिका–५ पौवासेरा तथा उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने सडक उदघाटन गरिएको छ । तत्कालिन सांसद बिशाल भट्टराईको पहलमा २०७१ सालमा छुट्टिएको ५ करोड बजेटबाट निर्माण सम्पन्न भएको २५ किलोमिटर सडक प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उदघाटन गर्नुभएको हो ।

 मौवाबोटे, पौवासेरा र दिप्लुङका स्थानीयले २०६८ सालमा निर्माण सुरु गरेको सडकलाई ५ करोड बजेटबाट पूर्णता दिइएको स्थानीय यातायात व्यवसायी निश्चल खड्काले बताउनुभयो । 

३० लाखको खर्चमा ३ किलोमिटर ट्र्याक खोलिए पनि बजेट अभावमा अलपत्र परेको सडकलाई भट्टराईको पहलमा पूर्णता दिइएको हो । सडक बनेपछि जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । सो सडकलाई यसपल्ट बराहपोखरी गाउँपालिकाले छुट्याएको २० लाखले मर्मत गरेर सञ्चालनमा ल्याइएको बराहपोखरी गाउँपालिकाकी उपप्रमुख गोमा मगरले बताउनुभयो । चिसापानी–बंशिलाघाट सडक कालोपेत्रका लागि सर्भे एबं डिपिआरका काम सुरु भइसकेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post