sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » बाणिज्य बैंकको सुरक्षा गार्डको भीरबाट लडेर मृत्यु

खोटाङ फागुन–४, राष्ट्रिय बाणिज्य बैंक दिक्तेलमा सुरक्षागार्डमा कार्यरत रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको भीरबाट लडेर मृत्यु भएको छ । घरबाट घाँस काट्न जंगलमा गएको बेलामा भीरबाट लडेर सुरक्षा गार्ड आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  बिहिबार दिउँसो घाँस काट्न गएका आचार्य अबेरसम्म घर नफर्किएपछि खोजी गर्नेक्रममा खोलामा राती ८ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

बिहिबार आफ्नो ड्यूटी पूरा गरेपछि घर गएका आचार्य घाँस काट्न गएकोबेलामा चिप्लिएर लडेको प्रहरीको अनुमान छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post