sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » फेरि रसाए आँखाहरु मिलनको सम्झनामा



                                                    स्मृति दिवसमा आमा र बावु 
खोटाङ माघ–२८, लामिडाडाँ चिउरीबासकी अरुणादेबी राईको आँखा उसै पनि गत बर्षदेखि ओभानो बनेको छैन । छोराको साथीहरु भेट्दा होस् या त रमाईलो चाडपर्ब आउँदा होस् छोराकै सम्झनाले झ्याप्पै छोप्छ सायद अरुणादेबीलाई । 

बारम्बार उनै स्वर्गीय छोरा मिलन राईको नाममा आँशु झारिरहनुहुने बिद्यार्थी नेता मिलन राईको आमा अरुणादेबीले शनिबार भने आँशु रोक्ने प्रयास निक्कै गर्नुभयो । तर बन्दै सक्नुभएन । 
मिलन राईको पहिलो बार्षिक स्मृति दिवसमा बिशेष अतिथिको कुर्सीमा बसाईएको मिलनकी आमा अन्ततः नातिनी डुलाउने बहानामा मञ्च छाडेर बाहिर निस्कनुभयो । अनि पोखाउनुभयो मिलनकै नाममा सोही दिन पनि धेरै–धेरै आँशु । 

बृद्घावस्थाले समाउँदै लगेको अवस्थामा सन्तान गुमाउँदाको पीडा थपिएका कारण थकित देखिने अरुणादेबी मात्र होईन मिलन राई स्मृति प्रतिष्ठानले आयोजना गरेको बार्षिक स्मृति दिवसमा सहभागी सबैको गला अबरुद्घ भयो । अनि आँशु रसायो । 

सम्झनामा मिलन राई नामक स्मारकमा मिलनको तस्बिरहरु हेर्दै आमा
स्वर्गीय मिलनको बावु जयबहादुर लगायत घरपरिवार, प्रमुख अतिथि प्रतिनिधि सभाको सांसद बिशाल भट्टराई, बिशेष अतिथिहरु अनेरास्वबियुको केन्द्रीय महासचिब एन महर लगायतका बिशिष्ट ब्यक्तित्वहरु समेत मिलनको सम्झना गर्दै भाबबिब्ह्ल बने । 

खोटाङस्थित रावाबेंसी गाउँपालिका–३ लामिडाडाँ चिउरीबासका बिद्यार्थी नेता मिलन राईको २०७३ माघ–२७ गते सडक दुर्घटनामा परी मृत्यु भएको खबरसँगै बर्षात बनी उर्लिएका आँखाहरु गत २७ गते बार्षिक स्मृति दिवसमा फेरि रसाएका हुन् । 

काठमाण्डौंबाट जिल्ला फर्कने क्रममा भक्तपुरमा भएका सडक दुर्घटनामा परी ज्यान गुमाएका अनेरास्वबियु केन्द्रीय सदस्य मिलन राईको स्मृतिमा गत २५ गतेदेखि  शुरु गरिएको बिबिध कार्यक्रम २७ गते बिशेष समारोहबीच सम्पन्न भएको छ । मिलन राई स्मृति प्रतिष्ठानले लामिडाडाँमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय मिलन राईको तस्बिरमा अबिर तथा खदा अर्पण गर्दै श्रद्घाञ्जली ब्यक्त गरिएको थियो ।   

                   प्रमुख अतिथि सांसद भट्टराई र स्मृति प्रतिष्ठानका अध्यक्ष साईला दाजु पदम 

अनेरास्वबियुको खोटाङ र सोलुखुम्बु जिल्ला ईन्चार्ज समेतको जिम्मेवारी पाएको मिलनको स्मृति दिवसमा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल लगायत जिल्ला तथा जिल्ला बाहिरका नेकपा एमाले र एमाले निकट बिभिन्न भातृ तथा जनबर्गीय संघ–संगठनका प्रमुख तथा पदाधिकारीहरुको बिशाल सहभागिता रहेको थियो । 

 कतिपय सहभागीहरुले स्वर्गीय मिलनको सम्झनामा भाबुक बनेर अश्रुमिश्रित आवाजमा सम्बोधन गरेका थिए । स्वर्गीय मिलनको केही शुभचिन्तक–सहयोद्घाहरुले उनको स्मृतिमा स्थापित प्रतिष्ठानको लागि आर्थिक, नैतिक सहयोग गर्ने प्रतिबद्घता समेत जनाएका छन् । 


जिल्ला समन्वय समितिका अध्यक्ष बबी चाम्लिङ, रावाबेंसी गाउँपालिकाको अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समाला राई, रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राई, वडा सदस्य दिनेश राई लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको स्मृति दिवसमा जिल्लाका पत्रकार,  शिक्षक, बिद्यार्थी तथा स्थानीयको उपस्थिती थियो ।       
        
बिद्यार्थी राजनीतिको छोटो समयमा नै उच्च प्रभाव राख्न सफल स्वर्गीय मिलन गुमाउनुको पीडा घरपरिवार, गाउँ–समाज, पार्टी–संगठनलाई मात्र नभएर सिंगो देशले अनुभुत गरेको बक्ताहरुको भनाई थियो । स्वर्गीय मिलनको सम्झना गर्दै बक्ताहरुले उनले सांगठानिक हिसाबले गरेका कार्यहरु अनुकरणीय रहेकोले त्यसलाई पछ्याउनु आजको आवश्यक्ता रहेको उल्लेख गरेका छन् । 

अब स्वर्गीय मिलनको गुनगान गाउने मात्र नभई उनले थालेका अधुरो कार्यहरु सबै पुरा गर्दै शैक्षिक तथा सामाजिक रुपान्तरण गर्ने उनको सपना साकार पार्नु सबैको दायित्व भएको सहभागीहरुले जनाएका छन् ।     

काठमाण्डौंको ट्रमा सेण्टरमा उपचारको क्रममा निधन भएको मिलनलाई श्रद्घाञ्जली दिनका लागि देशको बिशिष्ट ब्यक्तिहरु समेत आएका थिए । 

मिलनलाई श्रद्घाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधबकुमार नेपाल, उपाध्यक्ष भीम रावल, महासचिब ईश्वर पोखरेल, सचिब प्रदिप ज्ञवली, गोकर्ण बिष्ट लगायतका नेताहरुले श्रद्घाञ्जली दिएका थिए ।  

काठमाण्डौंमा सम्पन्न श्रद्घाञ्जली सभापश्चात मिलनको शबलाई हेलिकोप्टरमार्फत जन्मस्थान लामिडाडाँ ल्याई अन्त्येष्टी गरिएको थियो ।

स्वर्गीय मिलन राईको स्मृतिमा उनकै साईंलो दाजु पदम थुलुङ राईको अध्यक्षतामा स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । उक्त प्रतिष्ठानले शैक्षिक लगायतका बिभिन्न सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको बताईएको छ । 
                                               अनेरास्वबियु केन्द्रीय सचिवालय सदस्य जेनिस लामा

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post