sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङका एक महिला शंकास्पद अवस्थामा मृत फेला

खोटाङ फागुन– १०,  खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुजता राई आफ्नै घरमा पुरुषको ज्याकेटमा पासो लागेको अवस्थामा मृत फेला परेकी छन् । ढोका ढप्काइएको कोठाभित्र मृत अवस्थामा फेला परेको सुजताको घाँटीमा पुरुषको ज्याकेटले बाँधिएको पाईएको स्थानीय उर्मिला लम्सालले बताउनुभयो ।

स्थानीय शान्तोद्धय माबिका प्रधानाध्यापक दिपबहादुर राईकी श्रीमती मृतक सुजताको घाँटीमा पुरुषको ज्याकेटको पासो भेटिनु, घाँटी तथा पिठ्यूँमा निल, डाम देखिएको र सर्लक्क सुतेको अवस्थामा शव भेटिएकाले घट्नालाई आफन्तले शंकास्पद मानेका छन् । 

मृतकका श्रीमान दिपबहादुर छोरीको उपचारका लागि काठ्माण्डौं र छोरा पनि आफन्तको घरमा गएको बेलामा सुजता बुधबार दिउँसो मृत भेटिएकी हुन् । आफन्तकोमा जलेश्वरी गएर फर्किएका छोराले सुजतालाई कोठामा मृत अवस्थामा फेला पारेको आफन्तले बताएका छन् ।

सुजताको मृत्युको कारण अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभएको छ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post