sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » लामीडाँडाका अग्नी पीडितलाई सहयोग कोषको सहयोग

खोटाङ, फागुन–१५, प्राकृतिक प्रकोपका कारण बिपद्मा परेका जिल्लाबासीलाई सहयोग जुटाउँदै आएको ‘खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष’ले लामिडाँडाका आगलागी पीडितलाई राहत प्रदान गरेको छ । खोटाङ समाज हङकङले स्थापना गरेको सहयोग कोषले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका धनबहादुर सार्कीलाई ५ हजार राहत प्रदान गरेको हो ।

 फागुन ९ गते भएको आगलागीमा सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख बराबरको क्षती बेहोरेका सार्कीलाई वडा सचिव भेषराज खत्रीमार्फत पिडितले पाउनेगरी सहयोग रकम पठाइएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका अध्यक्ष भोगेन एक्लेले बताए । 

काठ चिर्ने मेसिनमा पेट्रोल हालिरहेको समयमा नजिकै केटाकेटीले लाइटर बाल्दा सुरु भएको आगलागीमा धनबहादुरकी ४५ वार्षीय श्रीमती रत्नमायाँ सार्की गम्भीर घाईते भएकी छन् । उनको काठ्माण्डौंमा उपचार भइरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post