sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » रुवाए, सिकाए अनि फर्किए गन्धर्ब दाजुभाई

लिला निरौला/खोटाङ
 फागुन–६,    

      ‘गाउँबस्ती दिनदिनै खाली हुन थाले,
      सन्तानको साथ पाउन छाडे आमा–बाले ।’


      वैदेशिक रोजगारीले गाउँ उजाडिँदै गएको यस्तै यथार्थ कथाहरुलाई बिरह चल्ने साराङ्गीको धुनसँगै गाईरहँदा झुरुप्पै बसेका स्थानीय थाम्दा थाम्दैको आँशु देखाएरै बगाई पठाउन बाध्य हुन्थे । हरेक जसो घरबाट एक वा एक भन्दा बढी नै सदस्य विदेशिएपछि गाउँ शुन्य बनेको, बृद्घ–बृद्घा तथा बालबच्चा बेसहारा बनेको, खेतबारी बाँझिएको अनि कतिको परिवारमा ऋणले उठिबास लगाएको जस्ता समस्याहरु रिठ्ठै नबिराई गन्धर्बको गीतमार्फत प्रस्तुत हुँदा सबैको मनमा ‘साँच्चै हो’ भन्ने लागेको थियो । 

भोजपुरका तेजिन्द्र गन्धर्बको टोलीले साराङगीका धुन र गीतमार्फत खोटाङका स्थानीयलाई रुवाएर मात्रै होईन महत्वपूर्ण कुराहरुको सूचना तथा सन्देशहरु पनि दिएर फर्कनुभयो । 

हो, वैदेशिक रोजगारीका कारण उत्पन्न बिभिन्न खालका समस्याहरुलाई गीतमार्फत उजागार गर्दै त्यस्ता समस्या निम्तिन नदिन अपनाउनुपर्ने सावधानीबारे मन छुने साराङगीको धुन र गन्धर्बको गीत मार्फत सन्देश दिने ‘गन्धर्ब गीति यात्रा’ कार्यक्रम सम्पन्न भएको छ । रोकेर रोक्नै नसकिने अवस्थामा रहेको वैदैशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमुलक बनाउने उद्देश्यका साथ जिल्लाका बिभिन्न स्थानमा सञ्चालन गरिएको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गन्र्धव गीति यात्रा कार्यक्रम हालै सम्पन्न भएको हो  । 

बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत २ महिना अघिदेखि उक्त कार्यक्रम शुरु गरिएको थियो ।  सुचना तथा महत्वपूर्ण जानकारीहरु गीतको माध्यमबाट प्रस्तुत गर्दा सम्बन्धित ब्यक्ति, परिवार वा समाजले सहज रुपमा बुझ्ने भन्दै जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाऊपालिकाको बिभिन्न स्थानमा सञ्चालन गरिएको थियो । 

तेजिन्द्र गन्धर्ब लगायतको टोलीको गीतमार्फत स्थानीयलाई आकर्षित गर्दै सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा सन्देश प्रवाह गरिएको हो । यात्रामा संलग्न टोलीले वैदेशिक रोजगारीका क्रममा आउन सक्ने बिभिन्न अप्ठ्याराबारे जानकारी गराउँदै जानुपूर्ब अपनाउनुपर्ने सतर्कताबारे सूचना दिएका थिए । कार्यक्रममा सम्बन्धित देशको भाषाको ज्ञान, कामबारे जानकारी तथा सीप, कागजातको महत्व, वैदेशिक रोजगारीमा जादाँ अपनाउनुपर्ने प्रक्रिया, ठगीबाट बच्ने उपाय लगायतका बारेमा बताएका थिए । दुई महिनासम्म सूचना तथा सन्देश बिस्तार गरेपछि गन्धर्बको टोलीलाई बिदाई गरिएको छ । 

गीतको माध्यमबाट ८ हजार बढी टोल तथा बस्ती स्तरका ब्यक्तिहरुबीच सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना पु¥याइएको छ । हरेक स्थानको कार्यक्रममा स्थानीय युवा–युवती, वृद्ध–वृद्धा,  जनप्रतिनिधि लगायत बाक्लो उपस्थिती रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post