sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » इलामको राईलाई उद्दार गर्न खोटाङको दर्नालले सहयोग जुटाए

खोटाङ फागुन–९, साउदी अरबको जेलमा रहेको ईलामका प्रेमबहादुर राईको उद्धार गर्न मलेसियामा सहयोग रकम संकलन गरिएको छ । साउदीमा बिलखबन्धमा परेको राईको उद्दार गर्न खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ घर भई हाल मलेसियामा कार्यरत राजन दर्नालको पहलमा २ हजार १३ रिंगिट (नेपाली करिब ५५ हजार) सकंलन गरिएको हो  । 

रोजगारीका सिलसिलामा २०६८ सालमा साउदी पुगेर चालकका रुपमा काम गर्दै आएका प्रेमबहादुर २०७२ साल फागुनमा जेल चलान भएका थिए । गाडी रोकेर आराम गर्ने क्रममा गाडीमा राखिएको इलेक्ट्रिकल केवल चोरी भएपछि राई कार्यरत अल सवाली इन्टरनेशनल कम्पनीले सामानको बिगो तिर्नका लागि अदालतमा मुद्धा हालेको थियो ।

 कम्पनीले दाबी गरेको बिगो बुझाउन नसक्दा २ महिना जेल र ५० कोरा सजाय भुक्तान गरे पनि पुनः सोही मुद्धामा सामानको बिगो भराउन भन्दै अर्को मुद्धा हालिए पछि अदालतले ३ लाख १० हजार रिंगिट (नेपाली ९५ लाख रुपैयाँ) भुक्तान नगरेसम्म जेल बस्नुपर्ने फैसला गरेको पीडितको आफन्तले जनाएका छन् ।

अदालतले तोकेको बिगो बुझाउन नसक्दा साउदीमै जेल जीवन बिताउन बाध्य प्रेमबहादुरको सहयोगार्थ संकलन भएको रकम प्रेमबहादुर बचाउ अभियानका अभियन्ता एबं फूलबारी युवा क्लव मलाक्काका संयोजक मनोज राईलाई हस्तान्तरण गरेको दर्नालले बताउनुभयो । 

हाल रामाटेक्स कम्पनीमा कार्यरत दर्नालले प्रेमबहादुरको सहयोगका लागि साथीहरुसँग मिलेर रामाटेक्स कम्पनी, गोर्खाली रेष्टुरेन्ट र ओखलढुंगा रेष्टुरेन्टमा कार्यरत नेपालीबाट सहयोग संकलन गर्नुभएको हो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post