sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » भब्य रुपले शुरु भयो सरस्वती माबिको ६५ औं बार्षिक जन्मोत्सब : हेर्नुहोस् आकर्षक नृत्य लगायतका झलकहरु

खोटाङ माघ–२६, खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित जिल्लाकै ऐतिहासिक बिद्यालय सरस्वती माबिले आफ्नो ६५ औं बार्षिक जन्मोत्सब धुमधामका साथ मनाउन शुरु गरेका छन् ।  पछिल्लो समय जिल्लाको नमुना बिद्यालयको रुपमा स्थापित भईरहेको माबिले शुक्रबारदेखि सप्ताहब्यापी कार्यक्रमको आयोजना गरी जन्मोत्सब मनाउन शुरु गरेको हो ।

 प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठको उपस्थितीमा उद्घाटित कार्यक्रममा शिक्षा सम्बद्घ बिशिष्ट ब्यक्तिहरुको उपस्थिती थियो ।  उद्घाटन कार्यक्रमका बक्ताहरुले सरस्वती माबि जिल्लाकै नमुना बिद्यालय बन्दै गरेको सन्र्दभमा नेपालकै नमुना बनाउन सबै जिल्लाबासी जुट्नुपर्ने बताएका थिए । 

१५ सय बिद्यार्थी अध्ययनरत रहेको जिल्लाकै नाम चलेको पुरानो सरस्वती माबिलाई अघिल्लो शैक्षिक शत्रदेखि नमुना बिद्यालयको रुपमा स्थापित गर्न शुरु गरिएको हो । उक्त माबिमा तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालको पहलमा परम्रागत शैलीको पठनपाठन त्यागी बिद्यार्थी स्वयमको सक्रियतामा शिक्षण सिकाई गर्न र सोही अनुरुपको भौतिक ब्यवस्था गर्न शुरु गरिएको थियो । 
 बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष जयप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न बार्षिक जन्मोत्सब उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, शैक्षिक संघसंस्था, पत्रकार, शिक्षक, अभिभाबक लगायतको उपस्थिती रहेको थियो । 

 तामझामका साथ उद्घाटन गरिएको कार्यक्रममा सोही माबिका संस्थापनमा जुट्ने जेष्ठ नागरिक ९१ बर्षिय गंगाबहादुर सैंजु र जिल्ला शिक्षा अधिकारी श्रेष्ठले बिद्यालयको मुखपत्र सरस्वतीको बिमोचन गर्नुभएको थियो । 



सदन स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरिएको सात दिनसम्म मनाईने बार्षिक जन्मोत्सबमा अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ लगायत बिबिध प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना हुने प्रधानाध्यापक ध्यानबहादुर राईले बताउनुभयो । 
 बिद्यार्थी, शिक्षक, अभिभाबक लगायत सबै पक्षको सक्रियतामा कार्यक्रमलाई भब्य बनाउने तयारी गरिएको प्रअ राईको भनाई छ । बिद्यालय सुधारमा समेत सबै पक्षको उत्तिकै भूमिका रहेको राईले जनाउनुभयो । 
सबैको जोड बलमा नयाँ प्रबिधि अपनाएर पठनपाठन शुरु गरिएपछि साना कक्षाका नानीहरु आफै सिक्नमा उत्सुक हुने र कक्षामै बस्न रुचाउने गरेकाले राम्रो सिकाई उपलब्धी हुन थालेको प्रधानाध्यापक ध्यानबहादुर राईले बताउनुभयो । 
 सिकाईमा नयाँ बिधि अपनाईएपछि नीजि बिद्यालयका बिद्यार्थीलाई समेत सोही माबिमा ल्याउन थालेको अभिभाबक बताउँछन् ।
 सबै कक्षामा अंग्रेजी भाषाको माध्यम प्रयोग गर्ने तयारी गरिएको उक्त बिद्यालयमा बिज्ञान प्रयोगशाला लगायत भौतिक ब्यवस्था रहेका छन् । 






                                                                                                                                 तस्बिर–रामधन राई




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post