sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘सम्झनामा मिलन राई’

                                                               स्व. मिलन राईको आमा, अरुणादेबी राई
खोटाङ माघ–२८, सडक दुर्घटनमा परी निधन भएको खोटाङका बिद्यार्थी नेता मिलन राईको स्मृतिमा ‘सम्झनामा मिलन राई’ नामक स्मारिका प्रकाशन गरिएको छ । जिल्लाबाट शुरु गरेको बिद्यार्थी राजनीतिको छोटो समयमा नै उच्च प्रभाव राख्न सफल अनेरास्वबियुको केन्द्रीय सदस्य रावाबेंसी गाउँपालिका–३ लामिडाडाँको बिद्यार्थी नेता राईको स्मृतिमा स्मारिका प्रकाशन गरिएको हो । 
वर्ष दिनअघि काठमाण्डौंबाट जिल्ला फर्कने क्रममा भक्तपुरमा भएको मोटरसाईकल दुर्घटनाका कारण २७ बर्षकै उमेरमा ज्यान गुमाएका बिद्यार्थी नेता राईको स्मृतिमा स्थापित मिलन राई स्मृति प्रतिष्ठानले स्मारिका प्रकाशन गरेको हो । 
बिशाल रोका, बिरेन्द्र मगर र खेमराज राईको सम्पादनमा प्रकाशित स्मारिकालाई राईको पहिलो स्मृति दिवसको अवसरमा लामिडााडाँमा आयोजित बिशेष समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लगायतका बिशिष्ट ब्यक्तिहरुले बिमोचन गर्नुभएको हो । बिद्यार्थी राजनीतिको छोटो समयमै उत्कृष्ठ नेतृत्व तथा मजबुद संगठन बिस्तार गर्ने क्षमता र कौशलताका कारण चर्चामा रहेको स्वर्गीय राईको सम्झनाहरु समेटिएको स्मारिका बिमोचनमा अनेरास्वबियुको केन्द्रीय महासचिब एन महर, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल लगायतको उपस्थिती थियो । 
खोटाङ र सोलुखुम्बु जिल्ला ईन्चार्ज समेतको जिम्मेवारी पाएको मिलनको स्मृति दिवसको अवसरमा प्रकाशित ९० पृष्ठको स्मारिकामा मिलनकै सम्झनाहरुलाई समाबेश गरिएको प्रतिष्ठानका अध्यक्ष स्वर्गीग मिलनको साहिँलो दाजु पदम थुलङ राईले बताउनुभयो । 
उक्त कार्यक्रममा जिल्ला तथा जिल्ला बाहिरका एमाले निकट बिभिन्न भातृ तथा जनबर्गीय संघ–संगठनका प्रमुख, जिल्ला समन्वय समितिका अध्यक्ष बबी चाम्लिङ लगायतका जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी तथा स्थानीयको उपस्थिती थियो । 
काठमाण्डौंको ट्रमा सेण्टरमा उपचारको क्रममा निधन भएको मिलनको स्मृति दिवस तथा स्मारिका बिमोचन कार्यक्रमका बक्ताहरु मिलनलाई सम्झँदै भाब्बिह्ल बनेका थिए । उपस्थित सबैको आँखा रसाएको कार्यक्रममा मिलनले थालेका अधुरो कार्यहरु सबै पुरा गर्दै शैक्षिक तथा सामाजिक रुपान्तरण गर्ने उनको सपना साकार पार्नु सबैको दायित्व भएको बक्तहरुको भनाई थियो ।   

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post