sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ओली ४१ औं प्रधानमन्त्री नियुक्त

काठमाडौं ३ फागुन
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ४१ औं प्रधानमन्त्री बनेका छन्  । राष्ट्रपति कार्यालयले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् भने आज दिउँसो चार बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए।

योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यसअघि उनी २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post