sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दोश्रो एल्वम ल्याउँदै खोटाङका सचिन

काठमाडौ । खोटाङका नव गायक सचिन राईले दोश्रो एल्बम निकाल्ने तयारी गरेका छन् । उनले आफ्नो पहिलो एल्बम सुगम स्टार सार्वजनिक गरेपछि चर्चामा आएका गायक सचिन हाल दोश्रो एल्वमको तयारी सँगै विभिन्न कार्यक्रमहरुमा समेत पुग्ने गरेका छन् ।

उनीप्रति दर्शकहरुको आकर्षण पनि बढ्दै गएको छ । गायक राईले बजारमा तिमीलाई देखेपछि प्यार बढ्यो सानु, जुन जस्तो तिम्रो हाँसी रहने बानि, यो बिहानीले बोलाउँदैछ, उठ आदिवासी उठ मुलबासी लगायत थुप्रै गीत गाएका छन् तर कतिपय गितको भिडियो निर्माण गर्न बाँकी रहेको उनले बताए ।

नेपालको विभिन्न जिल्लाहरुमा कन्सर्टमा पुगेका उनले मलेसिया र हङकङमा पनि आफ्नो प्रस्तुती गरिसकेका छन् । उनको पहिलो एल्बममा चारवटा गित समावेश छन् । पहिलो एल्बममा म हुँ सुगम स्टार, अल्लारे बैंस, अनौठो माया, कसम ढाँट्या होईन रहेको छ ।

उनले यतिखेर गजल गायनलाई पनि निरन्तरता दिईरहेका छन् । लामो समयसम्म संघर्ष गरेर सांगितिक क्षेत्रमा प्रवेश गरेका उनि पत्रकारिता क्षेत्रलाई पृष्ठभूमि बनाएर आएका हुन् । उनी खोटाङको रुपाकोट रेडियो लगायत पत्रपत्रिकामा आवद्ध थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post