sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » टंक राईको कविता ‘मेरो जवाफ के होला’

बैशमा अल्लारे जोवन खेलाउँदै गरेको समय
लजाउदै मुसुक्क हासेर, गालामा गुराँसे लाली छरेर
यो बाटो कहाँ जान्छ ?
यो प्रश्न, तिमीले सोधेको भए
अत्यन्त भावुक भएर जवाफ दिने थिए

सिधै मेरो दिलको मझरीमा पुग्छ ।

आन्दोलनमा जोसका साथ नारा लगाउदै गर्दाको समय
जोसका साथ मुठी उठाएर भित्रै देखि दृढ भएर
यो बाटो कहाँ जान्छ ?
यो प्रश्न तिमीले सोधेको भए
पुराका पूरा विश्वासका साथ भन्ने थिए

सिधै मानव मुक्तिको उज्यालोमा पुग्छ।

र ऐले तिमिले
यहीँ प्रश्न सोध्यौ भने

मेरो जवाफ के होला ?
तिमी आफै अन्दाज गर न है !

कवि टंक राई नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हुनुहुन्छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post