sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » चन्दा उठाएरै कृषि सडक निर्माण

खोटाङ फागुन–२७,  कृषिजन्य सामाग्री निर्यातका खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरबासीले चन्दा उठाएर सडक निर्माण सुररु गरेका छन् । नगरपालिकाको ८ नम्बरमा पर्ने दोर्पाचिउरीडाँडाका स्थानीयले चन्दा उठाएर कृषि सडक निर्माण सुरु गरेका हुन् । 

चन्दा संकलन गरेर जम्मा भएको ४ लाखको खर्चमा स्थानीयले साँढे ३ किलोमिटर लामो लामीडाँडा–स्यालदुलो–तालचौंर सडक निर्माण सुरु गरेको स्थानीयले जनाएका छन् । एस्काभेटर प्रयोग गरेर करिब १२ दिनमा वडाको बिकट गाउँ लामीडाँडासम्म सडक निर्माण पूरा हुने सडकको वडाध्यक्ष लिला चौहानले शिलान्यास गर्नुभएको हो  । 

सडक निर्माणका लागि नगरपालिका र वडाबाट बजेट प्राप्त नभएपछि चन्दा उठाएरै सडक निर्माण थालिएको स्थानीयले बताएका छन् । जम्मा भएको ४ लाख भन्दा बढि बजेट लागेमा आउँदो आर्थिक वर्ष वडा कार्यालयको बजेट श्रोत भर्ना गर्नेगरी सडक निर्माण सुरु गरिएको वडाध्यक्ष चौहानको भनाई छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post