sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दश दलित परिवारलाई आगो फुक्ने आधुनिक मेसिन


खोटाङ फागुन–२१, खोटाङको १० दलित परिवारलाई आरनमा आगो फुक्ने आधुनिक मेसिन प्रदान गरिएको छ । खलाँतीले आगो फुकेर आरन चलाएर जिबिका चलाउँदै आएका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका बिश्वकर्मा परिवारलाई आगो फुक्ने आधुनिक मेसिन प्रदान गरिएको हो । 


आरनमा उपयोग भइरहेको छालाको खलाँती बिस्थापित गर्नका लागि बिश्वकर्मा परिवारलाई प्रति वटा ७ हजार मूल्य पर्ने आगो फुक्ने मेसिन प्रदान गरिएको वडाध्यक्ष रमेश राउतले बताउनुभयो । 

मंगलटारका १० बिश्वकर्मा परिवार गाउँघरको कुटो, कोदालो, फाली, हँसिया र कचिया लगायतका फलामे सामान बनाइदिए वापत आउने अन्नबाट जिबिकोपार्जन गर्दैआएका छन् । आगो फुक्ने आधुनिक मेसिन पाएपछि बिश्वकर्मा परिवार उत्साहित भएका छन् । 
  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post