sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा आफै चढेको ट्याक्टरले किच्दा युवकको मृत्यु

खोटाङ चैत–१०,  खोटाङमा आफै चढेको ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको घोपाटारस्थित दुधकोसीको बालुवा लोड गरेर फर्कँदै गरेको ध १ त ७२२ नम्बरको ट्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका २९ वर्षीय यमबहादुर माझीको मृत्यु भएको हो । 

शुक्रबार बालुवा लिएर बडहरेको खोक्सेलीतर्फ जाँदै गरेको ट्याक्टरमा चढेका माझी घोपाटारमा लडेर झर्दा सोही ट्याक्टरले किचेको प्रहरीले जनाएको छ । 

माझीको घट्नास्थलमै मृत्यु भएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post