sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » उभोखोलामा माछा मारे तीस हजार जरिवाना


खोटाङ फागुन–२०,  प्राकृतिक तथा जैवीक बिविधताले सम्पन्न खोटाङको ‘उभोखोला’ भनेर चिनिने  क्षेत्रमा माछा मार्न रोक लगाईएको छ । उभोखोलाले परिचित जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नम्बर–१० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलाहरुमा माछा मार्न रोक लगाएका हुन् ।

परम्परागत बिधिले माछा मार्न छोडी पछिल्लो समय करेन्ट तथा बिष लगाएर माछा मार्ने क्रम बढेसँगै माछा मार्न पूर्ण रुपमा रोक लगाउनु परेको स्थानीय बताउँछन् ।  संसारकै दुर्लभ मानिने तर स्थानीय खोलाहरुमा अत्याधिक पाईने असला माछा समेत लोप हुने अवस्थामा पुगेपछि त्यस क्षेत्रका खोलाहरुमा माछा मार्न रोक्ने निर्णय गरिएको स्थानीय सर्बधन राईले जनाउनुभयो ।

रुपाकोट शीर भएर बग्ने देखुम खोला, कालुपाते खोला, आइतबारे खोला र बगरेभञ्ज्याङ शीर भएर बग्ने भुत्या खोलामा माछा मार्न रोक लगाइएको उहाँको भनाई छ । स्थानीय “लोप हुन लागेको असला माछा संरक्षणका लागि समिति समेत बनाएका छौं ।” उहाँले भन्नुभयो–“संरक्षण समितिले पहिलो पटक माछा मारेको भेटेमा पाँचदेखि दश हजार, दोस्रो पटक भेटेमा दशदेखि बीस हजार र तेस्रो पटक भेटेमा बीसदेखि तीस हजार नगद जरिवाना सहित कानूनी कारवाही गर्ने निर्णय गरेको छ ।”

संरक्षण समितिमा अवद्ध स्थानीयले माछा पाइने खोलाहरुको नियमित अनुगमन समेत शुरु गरेका छन् । माछा संरक्षणका लागि खार्मी र पाथेका प्रवेश गर्ने मुख्या द्वारहरुमा असला माछासहितको होर्डिङवोर्ड राखिएको समितिले जनाएको छ ।

माछा संरक्षण समितिलाई वडाको तर्फबाट समेत अवश्यक सहयोग हुने वडा नम्बर–११ खार्मीका अध्यक्ष रामचन्द्र राईले बताउनुभयो । स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति निर्माण भएको जनाइएको छ ।

यसअघि उक्त खोलाहरुमा पाइने असला माछा स्थानीयले मारेर दिक्तेल र बाक्सिलाबजारमा बिक्री गर्ने गरेका थिए । सानो खोलाहरुमा नै प्रसस्त माइने असला माछा प्रति केजी रु ७०० मा बिक्री हुने गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post