sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा ६० बर्षिय श्रीमानको प्रहारबाट श्रीमतीको मृत्यू

खोटाङ चैत्र–१३, खोटाङमा ६० बर्षिय श्रीमानको भाटा प्रहारबाट श्रीमतिको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का बृद्घ मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् । 

घरायसी विवादमा सोमबार साँझ श्रीमान/श्रीमतीबीच झगडा हुँदा श्रीमानले प्रहार गरेको बाँसको भाटाले श्रीमती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मादक पर्दाथ सेवन गरेको श्रीमति श्रीमानमाथि जाइ लाग्दा श्रीमानले प्रहार गरेको भाटाले आईसरीको मृत्यु भएकोप्रहरीले जनाएको छ ।  

घटना लगत्तै श्रीमान मकरध्वजलाई नियन्त्रण लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post