sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » महुरे–फोक्सिङटार सडकको ट्रिफर चालक नदीमा बेपत्ता

खोटाङ, फागुन १८– सुनकोसीमा नुहाउनेक्रममा खोटाङमा सुनसरीका ट्रिफर चालक बेपत्ता भएका छन् । महुरे–फोक्सिङटार सडक कालोपत्रेका काम गरिरहेको सिद्धिसाई कन्ट्रक्सनका ट्रिफर चालककारुपमा कार्यरत ईटहरी उपमहानगरपालिका–२ का ट्रिफर चालक रामबहादुर बुढाथोकी सुनकोसीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

बढाथोकी दिप्रुङ चुईचुम्मा गाउपालिका–४ बतासेको साप्सु दोभानबाट शुक्रबार नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बुढाथोकी बालुवा लिनका लागि नदीमा पुगेकाबेला नुहाउनेक्रममा चिप्लिएर बेपत्ता भएको जानकारी आएको दिप्रुङ चुईचुम्मा गाउपालिकाका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post