sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ‘आधा संसार, यो धर्ति तिम्रै हो चिन्तै नगर,,,, !’




रामधन बेदना/ खोटाङ
फागुन–२४,   ‘आधा संसार, यो धर्ति तिम्रै हो चिन्तै नगर .....’ महिला आन्दोलनको इतिहास, प्राप्त गरेको र गुमाएको महिला अधिकार, सशक्तीकरण लगायतको बिषयमा चर्को भाषण भईरहेको मञ्चमा माथिको गीत गुञ्जँदा सबै महिला अतिथिहरु कम्मर मर्काउँदै मञ्चबाट ओर्लिए । गीतको स्थायी उठान हुँदासम्म हलभरीको महिलाहरु नाच्नका लागि मञ्चमा हुरुरु ओर्लिसकेका थिए । र नाचे मन खोलेर, रमाए दिल खोलेर ।

खोटाङस्थित दिक्तेलबजारको समीक्षालय हलमा साईनो कला केन्द्रका कलाकारहरुको खिरिलो बाद्यबादन र सुरिलो स्वरमा गुञ्जिएको यस गीतले महिला एकता, न्याय, समानता, महानता, त्याग लगायतका बिषयमा गरिएको कडा भाषणलाई मधुरो बनाईदिएको थियो ।  
प्रशंग हो,  १ सय ८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा जिल्लामा आयोजित भब्य कार्यक्रमको सन्दर्भमा देखिएको दृश्यहरुको । जिल्लास्थित सबै सरोकारवाला पक्षको ¥यालीले दिक्तेलबजार परिक्रमा गरेपछि समीक्षालय हलमा केन्द्रीत भएको कार्यक्रममा बक्ताहरुले महिला अधिकारका बिषयलाई जोड्जोड्ले उठाए । कतिले बुझे कतिले बुझेनन्, कतिले रुचाए कतिले रुचाएनन् तर खास दिवस भएकोले असान्दर्भिक प्रशंग भने कसैले उठाएनन् ।
जिल्लामा हुने हरेक कार्यक्रमहरु भन्दा प्रत्यक्ष रुपमै देखिने गरी बढी महिला सहभागिता रहेको कार्यक्रममा बृद्घा महिलाहरुको समेत उल्लेख्य उपस्थिती देखिन्थ्यो । 
प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी स्वयम अध्यक्ष रहेको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख गोमादेबी खत्रीको प्रमुख आतिथ्यता थियो । जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, अधिकारकर्मी, पत्रकार लगायत सबै निकायको सहभागिता रहेको कार्यक्रममा जिल्लामा अन्यायमा परेको महिलाहरुले न्याय नपाएको र न्याय दिलाउनमा सम्बन्धित पक्षले आलटाल गरेको बिषय पनि टड्कारो रुपमा उठ्यो । यो बर्ष तुलनात्मक रुपमा महिला हत्या हिंसाको घटना अझै बढेको र दोषी पत्ता लगाउने र कार्वाही गर्ने कार्य अपेक्षित नबनेको तर्फ पनि बक्ताहरुले संकेत गरे ।
बर्षैपिच्छे हुने अन्र्तराष्ट्रिय महिला दिवस कार्यक्रममा महिलाको महानताको गुनगान गाउँदै  महिला जागरण, लैंगिक समानता, महिला अधिकार आदि–आदिको बिषयमा चर्चा गर्दै कार्यक्रम सकिन्छ । यस पटक पनि सोही भयो । अन्त्यमा, कार्यक्रम भब्य रुपले सफल बनेको निष्कर्ष निकालियो ।
गीतले भने जस्तै,  आधा संसार, यो धर्ति तिम्रै हो चिन्तै नगर .....’











यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post