sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ‘भ्रष्टचारी सानो–ठूलो हुन्न, सबै भ्रष्टचारी फन्दामा पर्छन् !’: आयुक्त गुरुङ

खोटाङ चैत्र–८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर साबित्री थापा गुरुङले आयोगले भ्रष्टचारलाई कहिले पनि सानोठूलो भनेर नहेर्ने स्पष्ट पार्नुभएको छ । खोटाङ सदरमुकाम दिक्तेलबजारमा बिहिबार आयोजित अन्र्तक्रिया कार्यक्रमको प्रमुख अतिथि आयुक्त गुरुङले भ्रष्टचार गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याई छाड्ने स्पष्ट पार्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  कार्यालय इटहरीले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ बिषयक अन्र्तक्रियामा आयोगले कसैलाई पनि बिना प्रमाण नसमात्ने उल्लेख गर्नुभयो । जस्तै प्रकारको भ्रष्टचारीलाई पनि बिशेष प्रबिधिको प्रयोग गरी प्रमाण जुटाएर नियन्त्रणमा लिन सकिने उहाँको भनाई छ । कुनै प्रकृतिको घटनालाई अनुसन्धान गर्न बढी समय लाग्ने जनाउँदै उजुरी गर्नमा पछि नहट्न आयुक्त गुरुङले जोड गर्नुभयो ।
सहभागीको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले गाउँगाउँमा सिंहदरवार आए पनि कसैले भ्रष्टचार गर्न नसक्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । सिंहदरवारको गलत प्रयोग रोक्नका लागि आ–आफ्नो स्थानबाट लाग्नुपर्ने उहाँको धारणा छ ।  
कार्यालय प्रमुख, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सुरक्षा निकाय लगायतको सहभागीता रहेको कार्यक्रममा जिल्लाको बिकास निर्माण लगायतका हरेक गतिबिधिमा पारदर्शी र जवाफदेही ढंगले काम गर्न आयुक्त गुरुङको निर्देशन छ । मान्छेको नियतलाई मापन गर्ने आधार नहुने हुनाले बिधि र प्रक्रिया अनुरुप नै काम गर्न उहाँको निर्देशन छ । 
ईटहरी कार्यालयको प्रमुख प्रदिपकुमार कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले कुनै पनि निर्माण कार्य काँचो हुन नदिने समेत चेतावनी दिनुभयो । निर्माण कार्यमा कुनै पनि सम्झौता गर्न नहुने भन्दै यदि त्यस्तो भएमा निर्माणमा संलग्न पक्षले छुट नपाउने उहाँले प्रष्ट्याउनुभयो । 
आयोगसँग सबै बिधाका प्रबिधि र जनशक्ति भएकोले सडक लगायतका बिकास निर्माणको गुणस्तरमा कसैले पनि ढाकछोप गर्न नसक्ने उहाँको दाबी छ । 
कालोपत्रेको प्रक्रियामा रहेको मध्येपहाडी लोकमार्ग अन्र्तगत निर्माणाधिन दिक्तेल–हलेसी सडकलाई पनि आयोगले नजिकबाट नियालिरहेको भन्दै कानुन नमिचि काम गर्न सचेत गराउनुभयो ।
बुधबार मध्येपहाडी लोकमार्ग हुँदै प्रसिद्घ धार्मिक तथा पर्यटकीय स्थल हलेसी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने ऐतिहासिक भुल्भुले अवलोकन गरी सदरमुकाम आउनुभएको आयुक्तले सबै स्थानमा हुने आर्थिक गतिबिधिलाई पारदर्शी बनाउनुपर्ने दोहो¥याउनुभयो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबद्र्घनात्मक, निरोधात्मक र दण्डात्मक कार्य गर्ने ईटहरी कार्यालयका प्रमुख प्रदिपकुमार कोईरालाले बताउनुभयो । दण्डनाात्मक चरणमा नपुगी प्रबद्र्घनात्मक र निरोधात्मक अवस्थामै काम गर्न आयोगले पनि चाहाने हुनाले सबै पक्षको सहयोग आवश्यक रहेको उहाँको भनाई छ । 
सबै भन्दा पहिले त सम्बन्धित ब्यक्ति अर्थात सेवाप्रदायक निकायले नै भ्रष्टचारमा नियन्त्रित भई भ्रष्टचार गर्न निरुत्साहित गर्नुपर्ने कोईरालाको धारणा छ ।  


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post