sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा राई बिद्यार्थी र साँस्कृतिक कलाकार संघको एकै साथ जिल्ला सम्मेलन

खोटाङ फागुन–२०, खोटाङमा किरात राई बिद्यार्थी संघ र  किरात राई साँस्कृतिक कलाकार संघको जिल्ला सम्मेलन एकै साथ सम्पन्न गर्ने तयारी गरिएको छ । राई बिद्यार्थीको  सातौं र साँस्कृतिक कलाकार संघको तेश्रो जिल्ला सम्मेलनलाई भब्यता दिलाउनका लागि संयुक्त रुपमा आगामी चैत्र २४ गते सम्पन्न गर्ने तयारी गरिएको हो । 

 किरात राई योयाक्खाको भातृ संस्थाका रुपमा स्थापित दुई क्रियाशील संस्थाको दिक्तेलबजारमा शनिबार बसेको संयुक्त भेलाले आ–आफ्नो सम्मेलन आयोजक समिति समेत गठन गरिसकेको छ । 

दिक्तेलबजारको समीक्षालय हलमा उद्घाटन र घोषणासभा एकै साथ सम्पन्न गर्ने निर्णय गरेको दुई संस्थाको सम्मेलनका लागि बिद्यार्थीतर्फका जिल्ल अध्यक्ष शुसिला राई र कलाकारतर्फका उपाध्यक्ष प्रेमिला राइको संयोजकत्वमा क्रमश ः २१ र १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती गठन गरिएको बताईएको छ ।

बिबिध कार्यक्रमका साथ उद्घाटन गरिने सम्मेलनको लागि बिशिष्ट ब्यक्तिहरुलाई उपस्थित गराउने तयारी भए पनि एकिन नगरेको दुवै संस्थाका सम्मेलन आयोजक समितिले बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post