sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » निर्माण व्यवसायी सङ्घ खोटाङको अध्यक्षमा पौडेल सर्बसम्मत

खोटाङ फागुन–२०,  निर्माण व्यवसायी सङ्घ खोटाङको नवौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट  दिनेश पौडेल सर्बसम्मत अध्यक्ष बन्नुभएको छ । शनिबार साँझ सम्पन्न अधिबेशनबाट गठित पन्ध्र सदस्यीय सङ्घमा वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे र उपाध्यक्षमा मिनुहाङ राई चयन हुनुभएको छ । 

समितिको महासचिवमा खगेन्द्र राई, सचिवमा सुनिल राई, कोषाध्यक्षमा प्रकाश थापा र सहकोषाध्यक्षमा जोसेफ रिजाल रहनुभएको जनाईएको छ । प्रदेशसभा सदस्य रामकुमार राई (पासाङ)को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले समितिको सल्लाहकारमा हरिप्रसाद आचार्य, रामकाजी कार्की, तेजनारायण कसजू, केशव तमोट र बलराम खत्रीलाई चयन गरेको बताईएको छ । 

केन्द्रीय प्रतिनिधिमा कुमारप्रसाद आचार्य, कर्णबहादुर खत्री, भीम राई, कृष्णप्रसाद घिमिरे, भिषण राई र शशिकुमार राई चयन हुनुभएको छ । समितिको प्रमुख संरक्षकमा कुमारप्रसाद आचार्य र कर्णबहादुर खत्री रहनुभएको छ । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई आइतबार पद तथा गोपनीयताको सफत ग्रहण गराईएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post