sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » हलेसीको अग्नी पीडितलाई युकेबासीको ३ लाख सहयोग


खोटाङ चैत्र–२,  युकेमा रहेर जिल्लाको सेवामा निरन्तर समर्पित खोटाङ सेवा समाज युकेले हलेसीका अग्नी पिडितलाई करिब तीन लाख रुपैंयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत पुस–१८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ का ४ घरपरिवार र एक ब्यापारीलाई समाजले संकलन गरेको २ लाख ९७ हजार रुपैंयाँ प्रदान गरिएको हो ।

प्रदेश सभाका सदस्य राजन राई र युकेबाट आउनुभएका संस्थाका कोषाध्यक्ष भबिन राईको हातबाट आगलागीमा घर लगायत सर्बस्व गुमाउने पीडित मगम राई, उचितबहादुर राई, अम्बराज राई र तम्बराज राईलाई जनही ६८ हजार रुपैंयाँका दरले सहयोग रकम प्रदान गरिएको हो । 

सोही आगलागीमा परेको घरमा ब्यवसाय गर्दै आउनुभएका उदयपुर कटारीका जगदिश दासलाई २५ हजार रुपैंयाँ प्रदान गरेको खोटाङ सेवा समाज युकेले जनाएको छ ।

खगेन्द्र राईको संयोजकत्वमा उक्त रकम संकलन गरिएको समाजले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post