sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » सुशासनका लागि पत्रकार उत्पादन गर्दै खोटेहाङ गाउँपालिका


खोटाङ चैत–१४, खोटाङको स्थानीय तहमा सुशासन र सदाचार सुनिश्चित गराउन वडा–वडामा पत्रकार उत्पादन गर्न शुरु गरिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिकामा हुने हरेक गतिविधि तथा प्रत्येक बिकास निर्माणका कामलाई पारदर्शी तथा जवाफदेही ढंगले सञ्चालन गर्दै सम्बृद्धि स्थापना गर्न प्रत्येक वडामा पत्रकार उत्पादन गर्न शुरु गरिएको हो । 

पालिकाले प्रत्येक वडामा एक वा एक भन्दा बढी पत्रकार उत्पादन गर्ने उदेश्यले हलेसी न्यूज नेटवर्कसँगको सहकार्यमा चार दिने तालिमको आयोजना गरेको छ ।  
राम्रो कामको प्रोत्साहन र गलत कामको रोकथामका लागि पत्रकार उत्पादनमा लागेको पालिकाको प्रमुख प्रदिपकुमार राईले जानकारी दिनुभयो ।  ९ वटा वडा रहेको पालिकाको सभाहलमा बुधबार शुरु गरिएको तालिमको उद्घाटनका क्रममा कमजोरी गर्नेको खेदो लगाउन र राम्रो गर्नेको प्रोत्साहन गर्न सक्ने गरी क्षमताको बिकास गर्न प्रमुखले अनुरोध गर्नुभयो ।  

तालिमलाई गाउँपालिकाका विभिन्न सञ्चार माध्यम सञ्चालन गर्ने जनशक्ती तयार पार्नका लागि समेत लक्षित गरिएको छ ।
तालिममा हरेक वडाका ३ जनाका दरले २७ जनाको सहभागीता रहेको आयोजक हलेसी न्यूज नेटवर्कका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो ।

गाउँपालिका प्रमुखले सोही तालिम सम्बन्धी समाचार बाचन गरेर उद्घाटन गर्नुभएको तालिममा लामो समयदेखि पत्रकारिता गरी दक्षता हासिल गर्ने जिल्लाका ५ जना पत्रकारले सहजिकरण गरिरहेको आयोजकले जनाएको छ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post