sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा नगरस्तरीय बृहत शैक्षिक सेमिनार सम्पन्न

खोटाङ  चैत्र–४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शैक्षिक गुणस्तर निर्धारणका लागि आयोजना गरिएको बृहत शैक्षिक सेमिनार सम्पन्न भएको छ । सामुदायिक बिद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि आईतबार प्राध्यापक डाक्टर विद्यानाथ कोईराला लगायतका शिक्षाविद्को सहजिकरणमा शैक्षिक सेमिनार सम्पन्न भएको हो । 

शिक्षाविद्, नगरपालिकाभित्रका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षासेबी लगायत सम्मिलित सेमिनारले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि नगरस्तरिय शैक्षिक अवधारणा–पत्र तयार पारेको छ । गत असोज २५ र २६ गते सम्पन्न नगरसभाले पारित गरेको निती तथा कार्यक्रम अनुशार शैक्षिक अवधारणा तयार पार्नका लागि शैक्षिक सेमिनारको आयोजना गरिएको नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । 

शिक्षाविद्, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षासेवी लगायतबाट आवश्यक सुझाव लिएर नगरको शैक्षिक अवधारणालाई अन्तिम रुप दिइएको छ ।  ९४ बिद्यालय रहेको नगरपालिकाभित्र कार्यरत चार श्रोतव्यक्तीले चार वटै श्रोतकेन्द्रको विद्यालय र शैक्षिक गुणस्तरको अवस्था तथा सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेपछि सोही आधारमा नगरको शैक्षिक अवधारणा तयार पारिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा प्राध्यपक डा. कोईराला, डा. बासु सुबेदी, शिक्षाविद् तोया खनाल लगायतले शैक्षिक गुणस्तर सुधारमा पहिलो हात शिक्षककै रहने उल्लेख गर्नुभयो । 

प्रदेशसभाका सदस्य राजन राईले उदघाटन गर्नुभएको कार्यक्रममा शैक्षिक गुणस्तर बृद्धिका लागि स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, अभिभाबक र बिद्यार्थीले पालना गर्नुपर्ने आचार संहिता समेत पारित गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post