sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » फेरि बिमान दुर्घटना

४-चैत ,  युएस बंगला विमान दुर्घटना भएको एक साता नबित्दै नेपालमा फेरि अर्को विमान दुर्घटना भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको बिमान दुर्घटनाको घटना सबैको मानसपटलमा सल्बलाईरहेकै बेला आइतबार काठमाडौंबाट भैरहवा गएको यती एयरको जहाज गौतमबुद्ध विमानस्थलमा  विमान दुर्घटना भएको हो । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।

 विमान रन वे मा गुडिरहेका बेला चक्का ‘लग’  हुँदा विमान दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना लगत्तै विमानस्थल अहिले बन्द भएको छ ।

जहाज भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको हो । जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post