sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङका ११ जना निर्माण व्यवसायी सम्मानित

खोटाङ फागुन–१९, खोटाङका ११ जना पूराना निर्माण व्यवसायी सम्मानित भएका छन् । जिल्लामा सुरुका दिनमा बाटो, पुल, नहर लगायतका संरचना बनाएर निर्माण व्यवसायीको संस्थागत बिकासमा योगदान पु¥याएको भन्दै निर्माण व्यवसायी संघ खोटाङले पूराना निर्माण ब्यवसायीलाई सम्मान गरेका हुन् । 

संघले आफ्नो नवौं साधारणसभा तथा चौथो अधिबेसन उद्घाटन सत्रमा पूराना निर्माण व्यवसायीहरु देबेन्द्रकुमार राई, तेजनारायण कसजू, प्रेमप्रसाद आचार्य, लक्ष्मीप्रसाद लुइटेल, छबिलाल रेग्मी, पवनकुमार थापा, चन्द्रबहादुर आचार्य, हरिप्रसाद आचार्य, सुरबहादुर बस्नेत, पृथीबहादुर कार्की र मानबहादुर रोकालाई सम्मान गरेको हो । पूराना ब्यवसायीहरुलाई प्रदेशसभाका सदस्य रामकुमार राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो । 

संघले निर्माण व्यवसायीका रुपमा काम गर्नेक्रममा स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिका रुपमा निर्वाचन एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्षलाई पनि सम्मान गरेको छ ।
 साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्का, हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका वडाध्यक्ष चईन्द्र राई र रावाबेँसी गाउँपालिका–१ लिलानारायण श्रेष्ठलाई सम्मान गरेको निर्माण व्यवसायी संघले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post