sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » जिल्लाभर एकै साथ कक्षा–८ को परीक्षा

खोटाङ, फागुन २०– खोटाङका १० वटै स्थानीय तहले एउटै मितिमा कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै शिक्षा नियमावली जारी गरे पनि कक्षा ८ को परिक्षा एउटै मिति र समयमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

सबै पालिकाका प्रमुख तथा उपप्रमुखले कक्षा ८ को परिक्षा आगामी चैत्र ८ गतेदेखि १८ गतेसम्म दिउँसो १ बजेबाट सञ्चालन गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताउनुभयो ।

यसअघिसम्म जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्दै आएको कक्षा ८ को जिल्ला स्तरिय परिक्षा यस वर्षदेखि स्थानीय तहबाटै सञ्चालन गर्न लागेको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post