sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा युवा उद्यम कार्यक्रमका लागि तीन उद्योग सिफारिस

खोटाङ, फागुन ३०– युवा उद्यम कार्यक्रमका लागि खोटाङका फूलपाती अल्लो धागो कटाई तथा बुनाई उद्योग पाथेका, सेबुछा बङ्गुर फर्म अर्खौले र नवज्योती कृषक समुह बुइपा सिफारिस भएका छन् । राष्ट्रिय युवा परिषदको युवा उद्यम कार्यक्रमको बजेट प्राप्तीका लागि जिल्ला युवा समितिमार्फत तीन उद्योग सिफारिस भएको जिल्ला युवा समितिका कार्यालय खोटाङका प्रमुख बिष्णुप्रसाद भट्टराईले बताउनुभयो । 

राष्ट्रिय युवा परिषद् समक्ष सिफारिस गरिएका तीन उद्योगमध्ये छनौटमा पर्ने एक उद्योगले ५ लाख बिनाधितो अनुदान पाउने जिल्ला युवा समितिले जनाएको छ । गत आर्थिक वर्ष सुर्योद्धय पशुपालन समुह लामिडाँडा र मेवा नमूना बाख्रा फर्म दोर्पाचिउरीडाँडाले राष्ट्रिय युवा परिषद्को युवा उद्यम कार्यक्रम पाएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post