sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » वडादेखि जिसस सदस्यलाई सेवा सुबिधा माग

खोटाङ, फागुन २८ , जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले जिल्ला समन्वय समितिका सदस्य, नगर÷गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्यका लागि पनि सेवा सुबिधाको माग गरेको छ । ५ नम्बर लगायतका प्रदेशले जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको मात्र तलव तथा सेवा सुबिधा निर्धारण गरेको भन्दै जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटिले सदस्यको सेवा सुबिधा समेत स्पष्ट पार्नुपर्ने माग गरेको हो । 

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बबी चामलीङले वडा सदस्यदेखि जिल्ला समन्वय समितिका सदस्यको सेवा सुबिधाका विषयमा प्रदेशले नबोल्दा अन्यौल सिर्जना भएको उल्लेख गरे । 

‘प्रदेशले प्रमुख, उपप्रमुखको तलव र सेवासुबिधा मात्र तोकेर हुँदैन, सदस्यको सेवा सुबिधा पनि स्पष्ट हुन प¥यो,’ जिल्ला समन्वय समिति खोटाङका प्रमुख रहेका चामलीङले भने, ‘हरेक तहमा निर्वाचित सदस्यको सेवा सुबिधाका विषयमा पनि प्रदेशको ध्यान जान जरुरी छ ।’ अधिकांश प्रदेशले जननिर्वाचित प्रतिनिधिको तलव तथा सेवा सुबिधा निर्धाण गर्ने तयारी गरिरहेका बेलामा महासंघले सदस्यदेखि प्रमुखसम्मको सेवा सुबिधा स्पष्ट बनाउनुपर्ने माग गरेको जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post